शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाग्मती प्रदेशमा भोलि सार्वजनिक बिदा

बिहीबार, ०९ माघ २०७६, २१ : ५४
बिहीबार, ०९ माघ २०७६

हेटौंँडा ।   वाग्मती प्रदेश सरकारले यही माघ १० गते  प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती  प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । 
मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सो दिन  सार्वजनिक बिदा दिइएको जनाएको छ । प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए । 
यसैबीच   वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले माघ १० गते प्रदेशका १३ वटै जिल्लाका सरकारी तथा सार्वजनिक निकायमा बिदा हुने बताएका छन् । मन्त्री जम्कट्टेलले काठमाडौँ उपत्यका पनि वाग्मती प्रदेशकै हिस्सा भएकाले त्यहाँ बिदा नहुने भन्ने भनाइ गलत भएको स्पष्ट गरे। 
उनले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ल्होछार (ल्हासार) का अवसरमा यही शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने भनी गरेको निर्णय अनिवार्य लागू हुने बताए । “यो वा त्यो जिल्ला होइन, प्रदेशका १३ वटै जिल्लामा बिदा हुन्छ, उपत्यका(काठमाडौँ) पनि वाग्मती प्रदेशभित्रै पर्छ”, उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप