शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समुद्र प्रयोग गर्न पाउने अधिकारलाई शक्ति सम्पन्न राष्ट्रले रोक लगाउन नहुनेमा जोड

बिहीबार, ०९ माघ २०७६, २२ : १२
बिहीबार, ०९ माघ २०७६

काठमाडौँ । नेपालका लागि ब्राजिलका राजदूत मेरिया टेरेसा मेसक्युटा पेसोवाले भूपरिवेष्ठित राष्ट्रको समुद्र प्रयोगको अधिकारलाई हनन गर्न नहुने बताउनुभएको छ । 

उहाँले सामुन्द्रिक कानूनअन्तर्गत रहेर खुल्ला समुद्रको प्रयोग गर्न पाउने अधिकारलाई शक्ति सम्पन्न राष्ट्रले रोक लगाउन नहुने जिकिर गर्नुभयो ।
 
पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘भूपरिवेष्ठित राष्ट्रका लागि  समुद्र प्रयोगको कानून’ विषयक छलफलमा उहाँले बहुपक्षीय संवादको माध्यमबाट भूपेरिवेष्ठित राष्ट्रका पक्षमा निर्माण भएको कानूनलाई प्रयोगमा लैजानुपर्ने बताउनुभयो । “ठूला र शक्तिसम्पन्न राष्ट्रले मझौला र साना देशलाई समुद्रको पहुँच उपभोग गर्न सहजीकरण गरिदिनुपर्छ”, उहाँले भन्नुभयो । 

ब्राजिलको साओपाउलो विश्वविद्यालयका प्राध्यापक रोड्रिगो फर्नान्डे मोरले समुद्रको अध्ययन, सहकार्य र विभिन्न मुद्दामा जलवायु परिवर्तनका कारण चुनौती थपिएको बताउनुभयो । प्रतिष्ठानका उपकार्यकारी निर्देशक रुपक सापकोटाले संयुक्त राष्ट्र सङ्घको ‘ल अफ सि’लाई कार्यान्वयन गर्न यसप्रकारका कार्यक्रमले टेवा पु¥याउने बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप