शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उखु किसानका समस्या चाँडै समाधान हुन्छः उद्योगमन्त्री

बिहीबार, ०९ माघ २०७६, १९ : ००
बिहीबार, ०९ माघ २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु किसानका समस्या चाँडै समाधान गरिने बताएका छन् । 
 डडेल्धुरामा आज आयोजित कार्यक्रमा उनले भने, “चार÷पाँच वर्ष अघिदेखिको उखु किसानका समस्या थियो, त्यो अहिले  ८०–९० प्रतिशत समाधान भएको छ ।” 

अनुदानको रकम हालसम्म सरकाले ७० प्रतिशत भुक्तानी गरिसकेको र केही दिनभित्र यो समस्या पनि समाधान गरिने उनले बताए । उद्योग मन्त्रालयका अनुसार ठूलो चिनी उद्योग अन्नपूर्ण चिनी उद्योगले किसानलाई रु ४० करोड भुक्तानी दिन बाँकी छ । यसैगरी लुम्बिनी चिनी उद्योगले रु १० करोड ७४ लाख र इन्दिरा चिनी उद्योगले रु ११ करोड २२ लाख भुक्तानी दिन बाँकी  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप