मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बालबिवाह गराएको आरोपमा बारामा २ जना पक्राउ

बिहीबार, ०९ माघ २०७६, २३ : १८
बिहीबार, ०९ माघ २०७६

रौतहट । घरमा पहिलो श्रीमती हुँदाहुँदै बाराको गढीमाई मन्दिरको प्राङ्गनमा आफनो उमेरभन्दा आधा कम उमेरकी केटीसँग बिहे गर्न लागेका गणेश साह कलवार मण्डपबाटै पक्राउ परेका छन् ।

गढीमाई मन्दिरमा बालबिवाह भइरहेको भन्ने सूचनाको आधारमा कलैयाबाट सादा पोशाकमा गएको प्रहरी टोलीले ३४ वर्षीय कलवारलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

कलवारसँगै बिहे गर्न मण्डपमा बसिसकेकी १६ वर्षीया केटीका बाबुलाई पनि प्रहरीले पक्राउ गरेको छ । कलैया नगरपालिका घर भएका केटीका बुवाले जबरजस्ती छोरीको भन्दा दोब्बर उमेरका मानिससँग विवाह गराउन दवाब दिएको आरोप छ ।

महागढीमाई नगरपालिका ८ धर्मनगर घर भएका कलवार र केटीका बाबुमाथि बालबिवाह र बालबिवाह उद्योगमा मुद्धा दर्ता गरी अदालत बाट ५ दिनको म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेका आरोपी गणेश साह कलवार र केटीका बुवा बिरुद्ध कलवारकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन । केटी र केटीको बुवाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप