शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सानिमाको नाफा १६ प्रतिशतले बढ्यो

शुक्रबार, १० माघ २०७६, ११ : ४८
शुक्रबार, १० माघ २०७६

काठमाडौँ । सानिमा बैङ्कले ६ महिनामा नाफा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कले चालू आर्थिक वर्षको पुस मसान्तसम्म बैङ्कले १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको हो । सानिमाको यो नाफा अघिल्लो वर्षको सोही समयमा कमाएको केही कम हो । अघिल्लो वर्ष सो बैङ्कको नाफा ९८ करोड थियो ।

बैङ्कले पुस मसान्तसम्ममा ९९ अर्ब निक्षेप सङ्कलन गरी ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः १० अर्ब र ७ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा बैङ्कको निक्षेप करिब ८९ अर्ब र कर्जा ८१ करोड रुपैयाँ थियो ।

पुस मसान्तसम्म बैङ्कको जगेडा कोष २ अर्ब २३ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब १९ करोड रुपैयाँले बढी हो । यो वर्ष १० प्रतिशत बोनस शेयर जारी गरेको बैङ्कले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ८० करोडले बढाएर ८ अर्ब ८० लाख रुपैयाँ पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा १ अर्ब १ करोड रहेको देखिएको छ ।

सानिमा बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी ५ अर्ब ६ करोडबाट बढेर ५ अर्ब ७७ करोड पुग्दा ब्याज खर्च ३ अर्ब १६ करोडबाट ३ अर्ब ६० करोड रुपैयाँ पुगेको बैङ्कले जनाएको छ । ६ महिनामा बैङ्कको कर्मचारी खर्च अघिल्लो वर्ष ५८ करोड १० लाख रहेकोमा यो वर्ष ६२ करोड १६ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब ५ करोड बढेर २८ करोड पुगेको छ ।

पुस मसान्तसम्म सो बैङ्कको पुँजी पर्याप्तता अनुपात १२.७८ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई ०.२४ प्रतिशतबाट ०.४४ प्रतिशतमा पुगेको छ यसले बैङ्कको ठूलो ऋण समयमा नउठेको जनाउँछ । बैङ्कको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा बेसरेटमा पनि सामान्य सुधार देखिएको छ । पुस मसान्तसम्म सो बैङ्कको कस्ट अफ फण्ड ७.३३ प्रतिशत र बेसरेट ९.२९ प्रतिशत छ । अघिल्लो वर्ष कस्ट अफ फण्ड ७.५७ प्रतिशत बेसरेट ९.७५ प्रतिशत थियो । भएको बैङ्क बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैङ्कको प्रावधान छ । बैङ्कको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ५.०४ प्रतिशत छ । यो अनुपातलाई ६ महिनाभित्र ४.४० प्रतिशतमा ल्याउनुपर्छ ।

बैङ्कले बचत खातामा ५ प्रतिशतदेखि ६.५ प्रतिशत र मुद्दति खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ६ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप