यस्तो छ ‘दि कर्मा’ को ‘साना साना सपना’ गीत
काठमाडौं । अर्काे शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘दि कर्मा’को नयाँ गीत ‘साना साना सपना’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर, मानस विक्रम थापा र अंकित बाबु अधिकारीको संगीत छ । गीतमा शब्द मानस बिक्रम थापाले कोरेका हुन् ।
गीतमा फिल्मका मुख्य कलाकार जयराज राय र संगीता नापितको रोमान्स समेटिएको छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो । फिल्मको कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् ।
रायलाई फिल्म निर्माणमा श्रीदेव बि.एल. र निशा खतिवडाले सघाएका छन् । तराई क्षेत्रमा छायाँकन भएको फिल्ममा जय र संगीतासँगै परमिता आर.एल. राणा, करण वर्मा, निता ढुंगाना, बुद्दि तामाङ, अनुप सक्सेना लगायतका कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीरव मोदीको लन्डनस्थित घर बेच्न अदालतकाे अनुमति
-
जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ
-
पत्रकारिताको स्तरोन्नति, क्षमता अभिवृद्धि र प्रेस स्वतन्त्रताको आन्दोलनमा किशोर नेपाल
-
राजश्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
-
चीनको ‘जीडीआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल
-
अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ