शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरस्वतीमाथि मनाङको कठिन जित

शुक्रबार, १० माघ २०७६, १५ : २६
शुक्रबार, १० माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले कठिन जित निकालेको छ । 

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङले रेलिगेसनको पिडामा रहेको सरस्वती युथ क्लबलाई १–० गोलले हरायो ।

 मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । विमलले ४६औं मिनेटमा गोल गरेका थिए । सरस्वतीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेन । जितसँगै मनाङ तेस्रो स्थानमा उक्लिएको छ ।

मनाङको आठ खेलबाट १६ अंक छ । मनाङसँगै शीर्ष स्थानको त्रिभुवन आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि १६ अंक छ ।

मच्छिन्द्र र मनाङ गा्ेल अन्तरका आधारमा पछि छन् । एक अंकमा सीमित सरस्वती तालिकाको अन्तिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप