शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पनि भेटिए कोरोना भाइरसबाट संक्रमित बिरामी

शुक्रबार, १० माघ २०७६, २१ : ४०
शुक्रबार, १० माघ २०७६

काठमाडौं । चीन लगायतका मुलुकहरुमा देखिएको कोरोना भाइरस नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सो भाइरसबारे जानकारी दिएको हो।

एक बिरामीमा सो भाइरसको संक्रमण भएको आशंकामा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नमूना परीक्षणको लागि हङकङ पठाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  भाइरस संक्रमित बिरामीको रिपोर्ट बिहीबार आएको र सो भाइरस कोरोना नै भएको अस्पतालले पुष्टि गरेको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीमा उक्त संक्रमणदेखिएको मन्त्रालयको दाबी छ । 


स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’  मन्त्रालयले बिरामीको सम्पर्कमा रहेका आफन्तहरुको समेत खोजी भैरहेको जनाएको छ ।  चीन, जापान लगायतका मुलुकहरुमा केही दिनयता सो भाइरसको संक्रमण देखिएपछि विश्वभर सतकर्ता अभियान सुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप