शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको ७१ औं गणतन्त्र दिवसको प्रमुख अतिथि बोल्सोनारो

शुक्रबार, १० माघ २०७६, २२ : २२
शुक्रबार, १० माघ २०७६

एजेन्सी । ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारो राजकीय भ्रमणका लागि शुक्रबार भारत आइपुगेका छन्  ।  भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुगेका बोल्सोनारोले भारतको चार दिने भ्रमण गर्ने भएका छन् ।

उनको मुख्य कार्यक्रम भने जनवरी २६ तारिखमा हुने भएको छ । भारतको गणतन्त्र दिवस परेडमा उनले प्रमुख अतिथिका रूपमा सहभागीता जनाउनुहुने भएको छ । 

भारतले यस बर्ष ७१औँ गणतन्त्र दिवस मनाउन लागेको छ । दिवसका अवसरमा कला र सांस्कृतिको प्रदर्शन, रीतिरिवाजसम्वन्धी कार्यक्रम, विज्ञान प्रविधिसम्वन्धी प्रदर्शनी, सैनिकहरुको प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ भने विशेष समारोहको प्रमुख अतिथिका रूपमा बोल्सोनारोलाई निमन्त्रणा गरिएको हो ।

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतलाई भेट्ने कार्यक्रम पनि रहेको जनाइएको छ । उहाँहरूबीचमा केही दुई पक्षीय सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप