शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक महिनापछि खुल्यो मार्तडी कोल्टी सडक

शनिबार, ११ माघ २०७६, ०८ : ०२
शनिबार, ११ माघ २०७६

जिल्लाको मार्तडी कोल्टी सडक खण्डअन्तर्गत एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ । बडिमालिका नगरपालिकाको सहयोग र वडा –७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो ।  

अघिल्लो महिनादेखि परेको भारी हिमपात र वर्षाले मार्तडी कोल्टी सडकखण्डअन्तर्गत पर्ने पोरखे लेख र आसपासको क्षेत्रमा हिउँ जमेका कारण सडक अवरुद्ध भएको थियो । शुक्रबारदेखि अवरुद्ध सडक खुला गरिएको नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।  

बाजुरामा परेको लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका चार स्थानीय तहमा दैनिक उपभोग्य सामानको अभाव भएको छ । 

वडा नं ७ कार्यालयको समन्वय तथा नगरपालिकाको सहयोगमा डोजर लगाएर हिउँ फालिएको वडाध्यक्ष पाध्यायको भनाइ थियो । चौथो पटकसम्म परेको हिमपातका कारण मार्तडी कोल्टी सडकखण्ड एक महिना अगाडिदेखि अवरुद्ध भएको  थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप