बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इरानी आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट

शनिबार, ११ माघ २०७६, १० : ५८
शनिबार, ११ माघ २०७६

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकस्थित आधारमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट पुगेको पत्ता लागेको छ । 

एक प्रवत्ताका अनुसार १७ जवानलाई स्वास्थ निगरानीमा राखिएको छ । 
जनवरी ८ मा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै अमेरिकीलाई चोट नलागेको बताएका थिए । 

इरानले आफ्नो शिर्ष सैन्य कमाण्डर जनरल कासिम सुलेमानीलाई अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि यो कारबाही गरेको थियो । 

ट्रम्पले इरानी आक्रमणमा कुनै नोक्सानी नपुगेकाले जवाफी कारबाही नगर्ने बताएका थिए । 

तथापि, अघिल्लो साता पेन्टानले ११ जवानको उपचार भइरहेको बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप