शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुखको विषयमा छलफल गर्न बालुवाटार पुगे देउवा

शनिबार, ११ माघ २०७६, ११ : ३७
शनिबार, ११ माघ २०७६

काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन् । 

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीसँग छलफलका लागि देउवा बालुवाटार गएको जानकारी दिए । यद्यपि उनले छलफलको विषय थाहा नभएको बताए । 

काँग्रेसका एक पदाधिकारीले भने प्रतिनिधिसभाको उपसभामुखको विषयमा छलफलका लागि देउवा प्रधानमन्त्रीलाई भेट्न गएको बताए । सभामुखमा उम्मेदवार नउठाएको काँग्रेसले उपसभामुख आफूले पाउनुपर्ने माग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप