शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्मीलाई एनआरटीको चुनौती

शनिबार, ११ माघ २०७६, ११ : ४२
शनिबार, ११ माघ २०७६

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको अन्तिम खेल आज (शनिबार) दशरथ रंगशालामा हुँदैछ । पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेको आर्मी र एनआरटी क्लब भिड्दैछन् । दिउँसो १२ः०० बजे हुने खेलमा आर्मी स्पस्ट जित निकाल्दै शीर्ष स्थान थप बलियो बनाउले लक्ष्यमा छ ।

यसपटक एनआरटी पनि राम्रो लयमा देखिएको छ । त्यसैले आर्मीलाई एनआरटी पन्छाउनु ठूलो चुनौती हुनेछ । एनआरटी आर्मीलाई हराएर लिगमा सम्मान जनक स्थान ओगट्ने तयारीमा छ । शीर्ष स्थानमा रहेको आर्मीको अहिले १६ अंक छ । एनआरटी ११ अंक सहित छैटौं स्थानमा छ । अघिल्लो बर्ष लिगको अन्तिममा रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनआरटीको दुई अंक घटुवा गरेको छ । गतबर्ष रेलिगेसन विनाको लिग गरिएको कारण एन्फाले अन्तिममा रहेका दुई टोलीको एक र दुई अंक घटाएको हो । एक अंक घट्नेमा यसपटक मच्छिन्द्र छ ।

अहिले लिगको उपाधि होडमा आर्मीसँगै समान १६ अंक बनाएको मच्छिन्द्र र मनाङ छन् । आर्मीले एनआरटीलाई हराएमा शीर्ष स्थानमा स्पस्ट तीन अंकको अग्रता लिनेछ । आजै दिउँसो ३ः०० बजे हुने अर्को खेलमा संकटा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसअघि सात खेलबाट नौ अंक बनाएको संकटा नवौं नै स्थानमा छ । आठ अंक बनाएको फ्रेन्ड्स ११औं स्थानमा छ । यी दुई टोली पनि एक अर्कालाई हराएर अंक तालिकामा सुधार गर्ने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप