शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकाएक किन रद्द भयो उपराष्ट्रपतिको चितवनको कार्यक्रम ?

शनिबार, ११ माघ २०७६, १३ : २३
शनिबार, ११ माघ २०७६

नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ । महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार चितवन आइपुगेका थिए । 

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गरेको जानकारी दिए । 
स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लाग्नुभएको मगरले जानकारी दिए ।  

कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार बाहिरिएको  छ । सो पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा आएका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी भएका हुन् । 
आजदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप