शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

शनिबार, ११ माघ २०७६, १३ : ३९
शनिबार, ११ माघ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाबीच शनिबार बिहान छलफल भएको छ ।  मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा  प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । 

छलफललमा नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए ।  

    ‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो’, नेम्वाङले भने, ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।’

सो क्रममा देउवाले प्रतिनिधिसभाको उपसभामुख काँग्रेसले पाउनुपर्ने धारणा राखेका थिए । सभामुखमा काँग्रेसले उम्मेदवार नउठाएको उपसभामुख आफूले पाउनुपर्ने उसले माग गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप