मात्र एउटा आलुले के के गर्न सक्छ, थाहा पाउनुस् १० फाइदा
आलूमा प्राकृतिक ब्लिचिङ एजेन्ट हुन्छ जसले छालालको रङलाई निखार्न मद्दत गर्दछ । छालाको दाग धब्बालाई हटाउनेदेखि अनुहारको रंगमा निखार ल्याउँछ, एउटा आलुमा । ब्यूटी एक्सपर्ट निक्की बावाका अनुसार आलूमा एन्टी एजिङ गुण हुन्छ जसले चाउरीबाट बचाउन सहयोग गर्दछ । आउनुहोस्, आलुका १० प्रयोग र यसका फाइदा ।
एउटा आलूको रसमा अण्डाको सेतो भाग मिसाएर अनुहार र गर्धनमा लगाउनुहोस् । २० मिनेट राखेपछि पानीले धुनुहोस् । छाला चाउरी पर्नबाट जोगाउँछ ।
एउटा आलूलाई कोरेसोमा कोर्नुहोस् । यसमा एक चिम्टी बेसारको धुलो मिसाएर अनुहारमा लगाउँदा रंग गोरो हुन्छ ।
आलुको एउटा स्लाइसमा केही थोपा पानी हालेर यसलाई अनुहारमा पाँच मिनेटसम्म रब गर्नुहोस् । यसले दाग धब्बा टाढा रहन्छ ।
एउटा आलूको रसमा कागतीको रसको केही थोपा मिसाएर अनुहार र हातमा १० मिनेटसम्म लगाउनुहोस् । यसले अनुहारको चमक बढाउँछ ।
एउटा आलुलाई पिस्नुहोस् । यसमा मुल्तानी माटो र गुलाब जल मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । अनुहारको निखार बढ्छ ।
एउटा आलूको रसमा थोरै काँचो दुध मिसाउनुहोस् । यसलाई छालामा लगाउनुहोस् र २० मिनेटपछि धुनुहोस् । यसले छालालाई गोरो बनाउँछ ।
एउटा आलूलाई स्लाइसमा काट्नुहोस् । यसलाई आँखाको मुनी डार्क सर्कलमा पाँच मिनेटसम्म राख्नुहोस् र डार्क सर्कल हट्छ ।
एउटा आलूलाई पिसेर त्यसमा काँचो दुध र बदामको तेल मिसाउनुहोस् । यसलाई छालामा लगाउँदा छाला नरम हुन्छ ।
एउटा आलूको रसमा २ चम्चा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि आधा घण्टापछि धुनुहोस् । यसले अनुहारको रंग निखार्छ ।
एउटा आलूलाई कोरेसोमा कोर्नुहोस् । र यसलाई दहीमा मिसाएर अनुहारमा लगाउनुहोस् । छाला गोरो हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा