शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक बिहान गर्नुपर्ने सामान्य ५ कुरा, जसले तपाईंलाई स्वस्थ राख्छ

शनिबार, ११ माघ २०७६, १५ : २१
शनिबार, ११ माघ २०७६

–बिहान एक्कासि जुरुक्क उठ्नु हुँदैन । उठेपछि १ मिनेट जति बस्नुस् । अनि शरीर तन्काउनुस् । जसले गर्दा रक्तसञ्चार र पाचन प्रणालीलाई बलियो बनाउँछ ।
–दाँत छिट्टै चम्काउने उद्देश्यले धेरै नघोट्नुस् । धेरै बलले घोट्दा दाँत र गिजासम्बन्धी विभिन्न रोग लाग्न सक्छ । नरम ब्रसले २–३ मिनेट हल्का ब्रस गर्नुस् । ब्रस महिनैपिच्छे परिवर्तन गर्नुपर्छ ।

–खाली पेटमा काँचो एक केस्रा लसुन वा एक टुक्रा प्याज खानुस् । जसले पाचन प्रक्रिया बलियो बनाउनुका साथै विभिन्न सङ्क्रमणबाट बचाउँछ ।
–क्यालसियमयुक्त खानेकुरा दूध वा अन्य खानुस् । जसले हड्डी बलियो बनाउनका साथै दिनभर स्वस्थ र फुर्तिलो रहन सहयोग पु¥याउँछ ।
– सन्तुलित ब्रेक फास्ट खानुस् । आफ्नो स्वास्थ्य अवस्था हेरी फलफूल, कम चिल्लो भएको दूध, उसिनेको अण्डा खानु राम्रो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप