बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पूजा गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा तीन घाइते

शनिबार, ११ माघ २०७६, १७ : २३
शनिबार, ११ माघ २०७६

पाल्पाको कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन् । 

तानसेन नगरपालिका–१४ ऋषिकेश मन्दिरदेखि तल कालीगण्डकी नदीमा स्नान गरी पूजा गर्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा तीनजना महिला घाइते भएका हुन् । घाइते हुनेमा कपिलवस्तु बाणगङ्गा नगरपालिका–९ का ७१ वर्षीय  गोमा आचार्य, कपिलवस्तुकै विजयनगर नगरपालिका–४ का ५६ वर्षीय केशरदेवी खत्री र रुपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका–११ देवीनगरकी ४० वर्षीया बिमला पौडेल रहेको प्रहरी चौकी अर्गलीका प्रहरी सहायक निरीक्षक धर्मबहादुर घर्तीले बताए । घाइतेको अहिले तानसेनस्थित युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप