बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुडानी सरकार र प्रतिपक्षीद्वारा शान्ति सम्झौताको खाकामा हस्ताक्षर

शनिबार, ११ माघ २०७६, १७ : ३४
शनिबार, ११ माघ २०७६

खार्तुम । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षीले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका छन् । 
सरकार र विपक्षी दल सुडान पिपल्स लिबरेसन मुभ्मेन्ट (एसपिएलएम) दक्षिणी क्षेत्रले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका हुन् । 

हस्ताक्षर कार्यक्रम दक्षिणी सुडानको राजधानीस्थित राष्ट्रपतिको कार्यालय जुबामा भएको थियो । दुवै पक्षलाई सहमतिमा पु¥याउनका लागि राष्ट्रपतिले मध्यस्तकर्ताको भूमिका खेलेको बताइएको छ । 
सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषयहरु समावेश गरिएको सरकारी पक्षले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

“हस्ताक्षरित सम्झौताबाट सरोकारवालाहरुका बीचमा बलियो साझेदारी र लगाब देखिएको छ,” सुडानी स्वायत्त परिषद्का उपाध्यक्ष मोहम्मद हम्दान डाक्लुले भने । उनले सम्झौतामा सरकारको तर्फबाट हस्ताक्षर गरेका छन् ।  

सम्झौतामा हस्ताक्षर गरेको अर्को पक्षका रुपमा रहेको एसपिएलएम दक्षिणी क्षेत्रले ब्लु नाईल क्षेत्रमा सशस्त्र विद्रोहीको नेतृत्व गरेको छ । त्यस समूह दक्षिण सुडानको सीमा क्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप