अमेरिकाले अब ‘गर्भवती महिला’लाई भिषा नदिने, यस्तो छ कारण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले नयाँ भिषा नियम प्रकाशित गरेर ‘गर्भ पर्यटन’माथि कडा प्रावधान ल्याएको छ ।
यो कानुन विदेशी महिलाले अमेरिका पुगेर बच्चा जन्माउने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्यले ल्याइएको हो । अमेरिकाको संविधानमा अमेरिकी भूमिमा जन्मिएका बच्चाले स्वतः अमेरिकी नागरिकता पाउने उल्लेख छ ।
यस संवैधानिक व्यवस्थालाई टेकेर विश्वका कैयौँ देशका दम्पती बच्चा जन्माउने बेला अमेरिका घुम्न जाने र त्यहाँ गएर अस्पतालमा बच्चा जन्माएर नागरिकताको प्रत्याभूति गराएर फर्कन्छन् ।
अमेरिकाको कानुनले यस अभ्यासलाई अवैध भनेको छैन । तथापि सरकारले कहिलेकही गर्भ पर्यटकलाई ठूलो स्तरमा संचालन गर्नेहरुलाई पक्राउ गर्ने गथ्र्यो ।
सरकारको कारबाहीका बावजुद अमेरिकामा ‘गर्भ पर्यटन’ले ठूलो व्यवसायको रुप लिएको छ । यो व्यवसायमा संलग्न कम्पनीले विदेशी महिलालाई अमेरिका ल्याउने, अमेरिकामा बसोबासको क्रममा होटेल दिलाउने र चिकित्सा सेवाको प्याकेज नै दिन्छन् ।
गर्भ पर्यटनको यो प्याकेजको ८० हजार डलर शुल्क लाग्छ । यो अभ्यासमा रुस र चीनका महिला सबैभन्दा धेरै सहभागी भएको देखिएको छ ।
नयाँ कानुनले कन्सुलर अधिकारीलाई एक विशेष अधिकार दिएको छ जस अनुसार यदी अधिकारीलाई आवेदकको अमेरिका आउने उदेश्य बच्चा जन्माउने मात्र भएको लागेमा भिषा अस्वीकार हुनेछ । यो कानुन शुक्रबारबाट लागु हुनेछ ।
ट्रम्प प्रशासनले सुरुदेखि नै विभिन्न प्रकारका आप्रवासनमाथि कडाई गर्ने नीति लिदैं आएको छ ।
विश्वभरका कति महिला अमेरिकामा बच्चा जन्माउने उदेश्यले मात्र जान्छन् भन्ने सटिक तथ्याङ्क नभए पनि यो कार्यको विरोध गर्ने ‘सेन्टर फर इमिग्रेसन स्टडीज’का अनुसार सन् २०१२मा ३६ हजार विदेशी महिलाले अमेरिकामा बच्चा दिएको र त्यसपछि देश छाडेको आँकलन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी