मार्टिन्सको गोलमा संकटा विजयी
शनिबार, ११ माघ २०७६, १७ : ५४
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले कठिन जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा संकटाको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । मार्टिन्सले ६४औं मिनेटमा गरेको गोल संकटाको जितमा प्रयाप्त बन्यो । मार्टिन्सले सुवास गुरुङको कर्नर पासमा हेड गोल गरेका थिए । संकटाले पहिलो र दोस्रो हाफमा पनि थप गोलको अवसर बनाएको थियो ।
संकटाको थप प्रयासलाई फ्रेन्ड्सका गोलरक्षक देव लिम्बुले विफल पारिदिएका थिए । संकटाका लक्ष्मण रुचाल म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै आठ खेलबाट १२ अंक बनाएको संकटा सातौं स्थानमा छ । आठ अंक बनाएको फ्रेन्ड्स ११औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ