काठमाडौं महानगरपालिका -३२ का पदक विजेता सम्मानित
काठमाडौं । काठमाडौं महानगरपालिका वडा ३२ ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार नगद पुरस्कार सहित सम्मान गरेको छ ।
उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक जितेका थिए । खेलाडीले तेक्वान्दोमा ३ स्वर्ण र दुई कांस्य, करातेमा १ स्वर्ण, बास्केटबल (थ्री बाइ थ्री) मा १ रजत र लनटेनिसमा २ कांस्य जितेका थिए ।
स्वर्ण विजेता तेक्वान्दोका सक्षम कार्की, काजल श्रेष्ठ र भुपेन श्रेष्ठ तथा करातेका विप्लवलाल श्रेष्ठले जनही ५० हजार नगद पुरस्कार पाए । रजत विजेता बास्केटबलका मनीष केसी २० हजार नगदबाट पुरस्कृत भए । कांस्य विजेता तेक्वान्दोका ज्ञानेन्द्र हमाल र मनोज मल्ल तथा लनटेनिसका दाजुभाइ संरक्षकभूषण वज्राचार्य र सम्यकलाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरियो । संरक्षक हाल अमेरिकामा रहेकाले उनको पुरस्कार उनका पिता सूर्यभूषणले ग्रहण गरे ।
सम्मानित हुने प्रशिक्षकमा तेक्वान्दोका नविनकुमार श्रेष्ठ र लनटेनिसकी रेणुदेवी कोण्डा वज्राचार्य रहेका छन् । दुवै आ–आफ्नो खेलका मुख्य प्रशिक्षक हुन् । नविनले ५१ हजार तथा रेणुले ११ हजार नगद पुरस्कार पाए ।
सोही अवसरमा दक्षिण कोरियाको मुजुमा भएको कोरियन एम्बासडर कप वल्र्ड तेक्वान्दो च्याम्पियनसिपका रजत विजेता रन्जित साउदलाई पनि २० हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा खेलाडीलाई बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, वडा ३२ का अध्यक्ष नवराज पराजुलीले सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’