बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार एकजुट हुनुपर्छ : महामन्त्री कोइराला

शनिबार, ११ माघ २०७६, २० : ५६
शनिबार, ११ माघ २०७६

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले प्रेस स्वतन्त्रताकोे रक्षाका लागि पत्रकार एकजुट हुनुपर्ने बताएका छन् । 

नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज आयोजना गरेको ‘वृहत् वनभोज’ कार्यक्रममा उनले सरकारले प्रेसमाथि अङ्कुश लगाउने प्रयास गरेको आरोप लगाए ।
 
“आफ्नो अधिकारका लागि देशभरका पत्रकार एक हुनुहोस्,” उहाँले भन्नुभयो । नागरिक अधिकारलाई अङ्कुश लगाउने गरी सरकारले विधेयक ल्याउन खोजेको उनको भनाइ छ ।

काँग्रेस नेता प्रकाशमान सिंहले सरकारले प्रजातान्त्रिक अधिकारलाई साँघुरो बनाउँदै लोकतन्त्रमाथि प्रहार गर्न खोजेको आरोप लगाए । “अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि पत्रकार जगत् लाग्नुपर्छ”, उनले भने ।

काँग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, दीपक गिरी, कल्याणकुमार गुरुङ, भीष्मराज आङदेम्बेलगायतले मुलुकको लोकतन्त्र रक्षाका लागि नेपाल प्रेस युनियनले खेलेको भूमिकाको सराहना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप