शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुहावट भएपनि कारवाही गर्न नपाइने भन्दै चालकले रोके हवाई इन्धन ढुवानी

आइतबार, १२ माघ २०७६, ०७ : २८
आइतबार, १२ माघ २०७६

इन्धन ढुवानीमा हुने चुहावट रोक्न नेपाल आयल निगमले ५० लिटरभन्दा बढी कम भए दोब्बर जरिवाना तिराउने निर्णय गरेपछि त्यसको विरोध गर्दै टयाङ्कर  चालकले हवाई इन्धन ढुवानी रोकेका छन् । 

विभिन्न माग अघि सारेर पटकपटक पेट्रोलियम पदार्थ रोकेर माग पूरा गर्न दबाब दिँदै आएका चालकले इन्धन चुहावट भए पनि न्यून कारबाही हुनुपर्ने भन्दै शनिबारदेखि हवाई इन्धन ढुवानी बन्द गरेका हुन् । 

आफ्ना माग पूरा नभएपछि हवाई इन्धन लोड गर्न नगएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन हवाई इन्धन ढुवानी एकाइ समितिका अध्यक्ष पशुपति पाठकले बताए । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप