बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीबाट फर्केको एक हप्तामा पत्नीको हत्या

आइतबार, १२ माघ २०७६, १० : २६
आइतबार, १२ माघ २०७६

आफ्नो पत्नीलाई जलाएर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको औरही गाउँपालिका ५ औरहीमा शुक्रबार राती खाना पकाउँदै गर्दा २५ वर्षीया अनितादेवी यादवलाई उनको पति विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको आरोप छ ।

आगोले जलेर गम्भिर घाइते भएकी अनितादेवीलाई विराटनगर पु¥याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । अनितादेवीको आज बिहान मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पति विनोद यादवले बायनको क्रममा आफूले नै आगो लगाएको प्रहरी ब्यानको क्रममा स्वीकार गरेको प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले बताए ।

श्रेष्ठले माइती पक्षले अनितालाई जलाएर हत्या गरेको मौखिक उजुरी गरेपछि विराटनगरबाट पति विनोदलाई नियन्त्रणमा लिइएको थियो ।

औरही गाउँपालिका–१ दरहैयाकी अशोक यादवकी छोरी अनिताको २०६८ सालमा विनोदसँग विवाह भएको थियो ।

वैदेशिक रोजगारीमा गत हप्ता साउदी अरबबाट घर फर्किएका विनोदलाई भाउजुले अनिताको चरित्रको विषयमा कुरा लगाएपछि जलाएर हत्या गरिएको हजुरबुबा सुदीलाल यादवले आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप