शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा माइक्रोबस दुर्घटना, चालकको मृत्यु

आइतबार, १२ माघ २०७६, १२ : ५८
आइतबार, १२ माघ २०७६

सिन्धुली । झापाबाट काठमाडौं जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले  मध्यपुरथिमी  नगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन महर्जनको सो दुर्घटनामा आज विहान मृत्यु भएका जानकारी दिए ।

दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको र मृत्यु कार्की सो बसका सवारीधनी साथै चालक रहेका उनले बताए ।  माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो ।  बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप