शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विभिन्न स्थानबाट २७ जुवाडे पक्राउ

आइतबार, १२ माघ २०७६, १३ : ०९
आइतबार, १२ माघ २०७६

काठमाडौं । काठमाडौँ, सिरहा र ललितपुरबाट २७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बानेश्वरस्थित ओमशान्ति चोक डेरा गरी बस्ने गोरखा देउराली गाउँपालिका ५ घर भएका ४३ वर्षीय फुल बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा नगद ७८ हजार ८ सय ५० रुपैयाँ र ६ बुक तास सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी सिरहाको मिर्चैया नगरपालिका ६ कटारी चोकस्थित युनिक फोटोकपी पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २७ वर्षीय नरेश झा लगायत ११ जनालाई नगद ९६ हजार २ सय ९० नेपाली रुपैयाँ तथा ४ हजार ८० भारतीय रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस्तै ललितपुरको ललितपुर महानगरपालिका १५ बधिग्राम डेरा गरी बस्ने सुनसरी धरान घर भएकी ३० वर्षीय तारा कुमारी कार्कीको  घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की लगायत ८ जनालाई नगद १ लाख ४३ हजार ८ सय २५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप