बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग

आइतबार, १२ माघ २०७६, १३ : १७
आइतबार, १२ माघ २०७६

काठमाडौँ । ७१ औं गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले नेपाललाई ३० वटा एम्बुलेन्स सहयोग गरेको छ । 

नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न अस्पताल तथा गैरनाफामुलक संस्थालाई ३० वटा एम्बुलेन्स सहयोग गरेको हो । 

दूतावासले विभिन्न शैक्षिक संस्थाहरुलाई ६ वटा बस समेत सहयोग गरेको छ । नेपालस्थित भारतीय दूतावसमा भएको एक कार्यक्रमकाबीच वीर नारी एकल महिला तथा मृतक सैनिकका परिवारलाई सम्मान पनि गरेको छ । दूतावासका अनुसार १ वीर नारी, ८ एकल महिला र मृतक सैनिकका ५ जना नातेदारलाई ५ करोड ९७ लाख नेपाली रुपैयाँ र कम्बल वितरण गरी सम्मान गरिएको हो ।

 कार्यबाहक राजदूत डा. अजय कुमारले सात वटै प्रदेशमा रहेका ५१ वटा पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक समेत प्रदान गरे । 

कार्यबाहक राजदूत अजय कुमारले गणतन्त्र दिवसका अवसरमा भारतीय राष्ट्रपति दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए । 

भारतले नेपालको आर्थिक विकासको यात्रामा हातेमालो गर्ने प्रतिवद्धता समेत गरेको छ । विभिन्न समय र सन्दर्भमा भारतले नेपालका नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल तथा गैर नाफामुलक संस्थाहरलाई ७ सय ८२  एम्बुलेन्स र विभिन्न शैक्षिक संस्थाहरुलाई १ सय ५४ बस प्रदान गरेको छ । दिवसका अवसरमा इण्डिया हाउसमा भएको स्वागत समारोहमा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन लगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप