बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आहुतिको पार्टीले गर्‍यो एमसीसीको विरोध

आइतबार, १२ माघ २०७६, १४ : १२
आइतबार, १२ माघ २०७६

काठमाडौं । विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपालले सरकार–एमसीसी सम्झौताको विरोध गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै सो पार्टीले उक्त सम्झौताको निन्दा गरेको हो । विज्ञप्तिमा सरकारले गरेको उक्त सम्झौताले नेपाली जनतालाई नराम्रोसँग झस्काएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदनपूर्व नै साम्राज्यवादी नवउदारवादी आर्थिक रणनीति नेपालको ऊर्जा क्षेत्रमा लागू गर्न ऊर्जा बिक्री वितरणमा निजी तथा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गराउने सुनिश्चिततमबम लागि विद्युत प्राधिकरणलाई विभाजन गर्ने गरी संसदबाट विद्युत नियमन आयोग ऐन २०७४ एमसीसीकै डिजाइनमा पारित गरिसकिएको छ । यसबाट प्रष्ट हुन्छ कि सतहमा मुखर नभएका सम्झौताका निहित उदद्धेश्यतिर ध्यान नदिँदा पनि सम्झौताले नेपाली जनताको हित गर्ने छैन ।’  

विज्ञप्तिमा यो सम्झौताको विपक्षमा उभिएको राजनैतिक दल र नागरिक जमातहरुको संघर्षशील गतिविधिप्रति ऐक्यवद्धतासमेत प्रकट गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप