शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा यसरी मनाइयो ७१ औं गणतन्त्र दिवस, तस्बिरमा हेरौं

आइतबार, १२ माघ २०७६, १४ : ३७
आइतबार, १२ माघ २०७६

नयाँदिल्ली ।  भारतले आइतबार ७१ औं गणतन्त्र दिवस मनाइरहेको छ । यस अवसरमा दिल्लीको राजपथमा परेड आयोजना भयो । परेडमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो प्रमुख अतिथि थिए ।  

राजपथमा ठूलो संख्यामा दर्शकहरु भेला भएका थिए । यसपटकको परेड कार्यक्रममा राष्ट्रिय युद्ध स्मारकलाई पनि समेटिएको थियो । विगतमा भारतीय प्रधानमन्त्रीले अमर जवान ज्योतिमा पुष्पाञ्जली अर्पित गर्ने कार्यक्रम भए पनि यस पटक प्रधानमन्त्री मोदी युद्ध स्मारक गए । त्यहाँ उनले दशका सहिदलाई सम्झना गरे । 

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ट्वीट गरेर सबैलाई गणतन्त्र दिवसको शुभकामना दिए ।  राष्ट्रिय युद्ध स्मारकबाट प्रधानमन्त्री नरेन्द्र मोदी फर्किपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द मुख्य अतिथि ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोको साथमा राजपथ पुगेका थिए । 

राष्ट्रपति रामनाथ कोबिन्दले झण्डोतोलन, राष्ट्रगान, सलामीजस्ता कार्यक्रमपछि विभिन्न सास्कृतिक झाँकीसहित परेड भएको थियो । परेडमा सैन्य हातहतियार पनि प्रदर्शन गरिएको थियो । हतियारमा जमिनबाट हावामा मार हान्न सक्ने आकाश मिसाइल प्रणालीसमेत थियो । 

गणतन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा भारतीय राजनीतिका कैयौं राजनीतिक हस्ती पनि देखिएका थिए । पूर्वप्रधानमन्त्री मनमोहन सिंह र उनकी पत्नीका अतिरिक्त भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी पनि परेड हेर्न पुगेका थिए । गृहमन्त्री अमित शाह र केन्द्रीय मन्त्री नितिन गडकरी पनि दर्शकदिर्घामै देखिएका थिए । 

राजपथमा यो वर्ष २२ झाँकी सामेल गरिएको थियो, जसमा १६ राज्य र केन्द्र शासित प्रदेशको थिए । यस अतिरिक्त बाँकी झाँकी मन्त्रालय र कैयौं विभागका थिए ।  झाँकी, हातहतियारका अतिरिक्त भारतका विभिन्न हिस्साका सैन्य समूहले पनि परेडमा सहभागीता देखाएका थिए । कैयौं बटालियनको अतिरिक्त अर्धसैनिक बलको पनि परेडमा सहभागिता थियो । 

यो वर्षको गणतन्त्र दिवसको कार्यक्रमको एक आकर्षण राफेल विमानका अतिरिक्त चिनूक र अपाचे हेलिकप्टर थिए । यीनले भारतको वायु सैन्य क्षमताको संकेत गर्छन् । परेड पुरा भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी आम मानिसबीच पुगेर जनताको अभिभावद स्वीकार गरेका थिए । 

यसबाट पहिले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा शनिबारको राष्ट्रपति रामनाथ कोबिन्दले राष्ट्रको नाम सम्बोधन गरेका थिए । राष्ट्रको नाम सन्देशमा राष्ट्रपति कोबिन्दले सरकार र विपक्षी पार्टीको आपसी सहयोगको आवश्यकतामाथि जोड दिए ।  उनले लोकतन्त्रको मुल सिद्धान्त न्याय, स्वतन्त्रता, समानता र बन्धुत्व सधैं पालना गर्ने जिम्मेवारीमाथि पनि जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप