शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० शृङ्खला : भारतलाई २–० को अग्रता

आइतबार, १२ माघ २०७६, १६ : १४
आइतबार, १२ माघ २०७६

लगातार दोस्रो खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै भारतले टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ ।

न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ३३ रनको मध्यम लक्ष्यलाई भारतले मात्र ३ विकेटको क्षतिमा १५ बल बाँकी छँदै पछ्यायो ।

भारतलाई जित दिलाउन केएल राहुलले सर्वाधिक ५७ रनको योगदान दिए । उनले यसक्रमा दुई छक्का र ३ चौका हिर्काए । उनलाई ४४ रन बनाएका श्रेयस ऐयरले राम्रो साथ दिए ।

कप्तान विराट कोहलीले ११ रन बनाउँदा रोहित शर्मा ८ रनमा आउट भए ।

न्युजिल्याण्डका लागि टीम साउथीले २ विकेट लिए ।

यसअघि, न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिक गुप्टिल र टीम सेफर्टले समान ३३–३३ रनको योगदान दिए । कोलिन मुनरोले २६ रन बनाए ।

भारतका लागि रवीन्द्र जडेजाले २ विकेट लिए ।

पाँच खेलको शृङ्खलाको तेस्रो खेल बुधबार ह्यामिल्टनमा खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप