बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको आशंकामा थप दुई जनाको स्याम्पल हङकङ पठाइयो

आइतबार, १२ माघ २०७६, १६ : ५८
आइतबार, १२ माघ २०७६

काठमाडौँ । चीनबाट नेपाल फर्किएका थप दुई जना बिरामीलाई कोरोना भाइरस संक्रमणको भएको आशंका गरिएको छ । स्वास फेर्न गारो हुने, ज्वरो आउने, खोकी लाग्ने समस्या भएर दुई जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउन आएका थिए ।

दुई जना बिरामीलाई कोरोना भाइरसको शंका लागेर एक जना महिला र एक जना पुरुषको परीक्षणको लागि स्याम्पल हङकङ पठाएको अस्पतालले जनाएको छ ।

दुई जनाको टेकु अस्पतालको आइसोलेनस वार्डमा उपाचार भइरहेको छ । स्याम्पलको परीक्षणको रिर्पोट आएपछि कोरोना संक्रमणबारे थाहा हुने अस्पताल स्रोतले जनाएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस नेपालमा एक बिरामीमा देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन जानकारी दिएको थियो । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जना मृत्यु भएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरिया, अस्ट्रेलिया अमेरिकासम्म फैलिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप