‘साङ्लो’ दोस्रो गीत ‘झ्याम्मै’ सार्वजनिक
काठमाडौं । अभिनेता विराज भट्टको पूर्वमिस नेपाल निकिता चाण्डकसँग रोमान्स रहेको फिल्म हो ‘साङ्लो’ । यही २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको दोस्रो गीत ‘झ्याम्मै’ सार्वजनिक गरिएको छ ।
निर्माण युनिटले डान्सिङ नम्बरको रुपमा तयार पारेको यो गीत फिल्मको प्रचारलाई थप हाइट दिन सार्वजनिक गरिएको हो । विराज र निकितानै देखिएको गीतको भिडियोमा बिराज रफ पहिरनमा देखिएका छन्, भने निकिता बोल्ड अन्दाजमा प्रस्तुत भएकी छन् ।
निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको गीतमासुरेश अधिकारीले संगीत भरेका छन् । गीतका शब्द गायक भट्टराई आफैंले कोरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीत हालसालै काठमाडौंमा छायांकन गरिएको हो ।
फिल्ममा बिराज र निकिताको अलवा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम् अधिकारीको लेखनमा रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायाँकन छ ।