शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक्साइडका डिलरहरूलाई रुस भ्रमणको अवसर

आइतबार, १२ माघ २०७६, १९ : ०३
आइतबार, १२ माघ २०७६

काठमाडौं– नेपालको नम्बर एक ब्याट्री एक्साइड ब्याट्रीले आफ्ना प्रमुख डिलरहरूका लागि हालै सफलतापूर्वक रुस भ्रमणको आयोजना गरेको छ । 

एक्साइड ब्याट्रीको सोलार सेग्मेन्टको नयाँ योजनाअन्तर्गत दिइएको लक्ष्य हासिल गरेका डिलरहरूलाई भ्रमणका लागि रुस लगिएको थियो । त्यस क्रममा एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक सुरेश कुमार तिवारी तथा डिलरहरू रुसका मुख्य शहरहरू मस्को तथा सेन्ट पिटर्सबर्ग घुमेका थिए । 

भ्रमण कार्यक्रमका क्रममा सहभागीहरू विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू र क्रुज डिनरमा सहभागी भएका थिए । एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक तिवारीले सहभागीहरूलाई मायाको चिनो पनि प्रदान गरेका थिए । साथै कम्पनीप्रतिको निरन्तर साथका लागि उनले डिलरहरूलाई धन्यवाद ज्ञापन गरे ।

कम्पनीप्रति डिलरहरूको निरन्तर साथ, आगामी दिनमा सहकार्यलाई थप मजबुत बनाउन र ब्रान्डप्रतिको प्रतिबद्धता पुनः व्यक्त गर्न उक्त भ्रमणको आयोजना गरिएको थियो ।

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, मोटरसाइकल, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप