शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्टरलाई अर्को धक्का

आइतबार, १२ माघ २०७६, २० : ५३
आइतबार, १२ माघ २०७६

इटालियन सिरि ‘ए’ फुटबलको उपाधि दौडमा रहेको इन्टर मिलानलाई काग्लियरीको अर्को धक्का लागेको  छ । आइतबार राति भएको खेलमा इन्टर घरमै काग्लियरीसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

इन्टरको यो लगातार दोस्रो बराबरी हो । यसअघिको खेलमा पनि इन्टर लिस्सेसँग बराबरीमा रोकिएको थियो । लगातारको बराबरीले इन्टरको उपाधि दौड कमजोर बन्दै गएको छ । यस बराबरीले शीर्ष स्थानमा रहेको युभेन्टेसलाई थप फाइदा पुगेको छ । 

घरेलु मैदानमा सुरुवाती अग्रता लिएरपनि इन्टरले अंक बाँडेको हो । इन्टरका लागि लौटारो मार्टिनेजले २९औं मिनेटमा गोल गरे । त्यसपछि काग्लियरीका राड्जा नाइङगोलानले ७८औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

इन्टरदोस्रो हाफको इन्जुरी समयमा १० खेलाडीमा समेटिएको थियो । इन्टरका लौटारो मार्टिनेज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले एक एक अंक बाँडे । बराबरीसँगै दोस्रो स्थानमा रहेको इन्टरले २१ खेलबाट ४८ अंक बनाएको छ । 

शीर्ष स्थानमा रहेको युभेन्ट्सको ५१ अंक छ । युभेन्ट्सले एक खेल कम खेलेको छ । ३१ अंक बनाएको काग्लियरी सातौं स्थानमा छ । यदि आइतबार रातिनै हुने खेलका युभेन्ट्सले नापोलीलाई हराएमा युभेन्ट्सले शीर्ष स्थानमा ६ अंकको अग्रता लिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप