विप्लव समूहका चार नेताद्वारा पार्टी परित्याग
आइतबार, १२ माघ २०७६, २१ : ०३
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’समूह नेतृत्वमा रहेका मकवानपुरका चार नेताले आज पार्टी परित्याग गरेका छन् ।
सो पार्टी परित्याग गर्नेहरुमा क्रमशः अक्कलबहादुर गोले ‘धावा’, गीता कार्की, अर्जुन चौलागाईं र नारायणप्रसाद गौतम छन् ।
उनीहरुले शान्तिपूर्ण, व्यक्तिगत र सामाजिक जीवनमा असहज परिस्थिति महसुस भएकाले पार्टी परित्याग गरिएको जानकारी दिए ।
उनहरुले संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले गर्दा नेपाली जनताको जीवन झन कष्टकर बन्दै गएकोमा चिन्तासमेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना