बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान‌्लाई मृत्युदण्ड दिएको ६ वर्षपछि पहिलो पटक देखिइन् किम जोङ्ग उनकी काकी

सोमबार, १३ माघ २०७६, ०७ : २५
सोमबार, १३ माघ २०७६

उत्तर कोरियाली नेता किम जोङ्ग उनकी काकीलाई ६ वर्षपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको छ । सन् २०१३ मा श्रीमान‌्लाई मृत्युदण्ड दिएपछि उनी एकाएक हराएकी थिइन् ।

किम क्योङ्ग–हुई उत्तर कोरियाका संस्थापक किम II–सुङ्गकी छोरी तथा पूर्व नेता किम जोङ्ग–इलकी बहिनी हुन् ।

भतिजो किम जोङ्ग उनले उनका श्रीमान् चाङ् सोङ्ग थाइकलाई देशद्रोहको आरोप लगाउँदै मृत्युदण्ड दिएका थिए ।

तर आइतबार, सरकारी मिडियाले उनको नयाँ वर्षको उत्सव मनाइरहेको तस्बिर सार्वजनिक गर्‍यो ।

उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले सार्वजनिक गरेको उक्त तस्बिरमा किम क्योङ्ग–हुई, किम जोङ्ग उन र उनकी श्रीमतीसँगै प्योङ्गयाङ्गको भीडभाडयुक्त थिएटरमा बसिरहेको देख्न सकिन्छ । उनको नाम कार्यक्रममा उपस्थित उच्च पदस्थ अधिकारीको रुपमा समावेश पनि गरिएको थियो ।

एनके न्यूजका सम्पादक ओलिभर होथ्यामले उनको उपस्थितीले सबैलाई चकित बनाएको बताएका छन् ।

‘उत्तर कोरियालाई नियालिरहेकाहरुले किम क्योङ्ग–हुईलाई कि त देश निकाला गरिएको वा श्रीमानको हत्या पछि उनको पनि हत्या गरिएको हुनसक्ने आशंका गरेका थिए,’ उनले रोयटर्सलाई भने ।

‘किम जोङ्ग सँगसँगै देखिनु भनेको उनले सम्भवतः सल्लाहकारको रुपमा आफ्नो महत्वपूर्ण प्रभाव पुनः हासिल गरेकी छिन्,’ उनले थपेका छन् ।  

‘यसले उत्तर कोरिया कति निर्दयी र अचम्मको छ भनेर सुचित पनि गराउँछ किनभने उनी यस्तो व्यक्तिसँगै बसिरहेकी छिन् जसले उनको श्रीमान‌्को हत्याको आदेश दिएका थिए,’ उनी भन्छन् ।

करिब १० वर्ष अघि किम क्योङ्ग–हुई र उनका श्रीमान् चाङ्ग सोङ्ग–थाइक भतिजो सत्तामा आएपछि देशका प्रमुख र शक्तिशाली व्यक्तिमध्येका एक थिए ।

सन् २०११ मा बुवाको उत्तराधिकारीको रुपमा किम उत्तर कोरियाली नेताको रुपमा सत्तामा आएका हुन् । उनी सत्तामा आउनु अघि चाङ्ग उनका प्रशिक्षक भएको पनि बताइन्छ ।

तर सत्तामा आएको दुई वर्षपछि चाङ्गलाई कुनै पनि भेटघाट गर्न दिइएन । सरकारी बयानमा उनले किम जोङ्ग उनलाई पदच्यूत गराउन रणनीति अपनाएको स्विकार गरे लगत्तै उनलाई मत्युदण्ड दिइएको उल्लेख गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप