शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : आज राति वर्षा र हिमपातको सम्भावना

सोमबार, १३ माघ २०७६, ०८ : ०२
सोमबार, १३ माघ २०७६

आज नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ । भने तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । 
 
सोमबार दिउँसो देशको पश्चिमी भु(भाग लगायत मध्य र पूर्वी  पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली  रहनेछ । तराईका केहि भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ।

यसैगरी राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने मौसम पूर्वानुमान महाशाखाले  उल्लेख गरेको छ ।


 
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप