रोनाल्डोले गोल गरेपनि युभेन्ट्स पराजित
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि इटालियन महारथि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा नापोलीसँग नमिठो हार खेपेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ गोलले पराजित भयो ।
प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । पाहुना टोली युभेन्ट्सलाई हार चखाउन नापोलीका पिओटर जिलिन्स्कीले ६३औं मिनेटमा खाता खोले । ८६औं मिनेटमा लोरेन्जो इनसिग्नेले गोल गर्दै नापोलीलाई जित नकिज पुर्याए । उनले जोसे मारिया कालीजोनको पासमा गोल गरेका थिए ।
खेलको अन्तिमसम्म अत्तालिएको युभेन्ट्सले ९०औं मिनेटमा सान्त्वना गोल फर्कायो । रोनाल्डोले ९०औं मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । जारी सिजन पनि एकनास फर्ममा रहेका रोनाल्डोले आठ खेलमा लगातार गोल गरेका छन् । रोनाल्डोले एकपछि अर्को किर्तिमान बनाएपनि नापोलीसँगको हारले भने उनलाई निरास बनायो ।
हारेपनि शीर्ष स्थानमा रहेको युभेन्ट्सको २१ खेलबाट ५१ अंक छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको इन्टर मिलानभन्दा तीन अंकले अगाडी छ । इन्टरको समान खेलबाट ४८ अंक छ । पछिल्ला दुई खेलमा बराबरीमा रोकिएका कारण इन्टरलाई घाटा लागेको हो । युभेन्ट्सलाई हराएको नापोली २७ अंक सहित १०औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद