शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुल बराबरीमा रोकिँदा युनाइटेडको गोल बर्षा

सोमबार, १३ माघ २०७६, ०९ : ५४
सोमबार, १३ माघ २०७६

इङ्लिस महारथि लिभरपुल एफए कप फुटबलमा कमजोर टोली श्रेसवरी टाउनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । श्रेसवरी टाउनको मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले सुरुवाती दोब्बर अग्रता लिएपनि जोगाउन सकेन ।

लिभरपुलका लागि कर्टिस जोनले १५औं मिनेटमा पहिलो गोल गरे । ४६औं मिनेटमा श्रेसवरी टाउनका डोनाल्ड लभको प्रहार आत्मघाती गोल भएपछि लिभरपुलले अग्रता दोब्बर बनायो । श्रेसवरी टाउनका जसोन कुमिङ्सले ६५औं र ७५औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल नुहँदा खेल बराबरीमा सकियो ।

अर्को खेलमा म्यानचेस्टर यूनाइटेड ट्रान्मेरे रोभर्समाथि गोलबर्षा गर्दै पाँचौं चरणमा प्रवेश गरेको छ । युनाइटेडले ट्रान्मेरे रोभर्सलाई उसैको मैदानमा ६–० गोलले हरायो । युनाइटेडको जितमा ह्यारी मागुएरले १०औं, डिगो डालोटले १३औं, जेसे लिङगार्डले १६औं, फिल जोन्सले ४१औं, एन्थोनी मार्सियलले ४५औं र मासोन ग्रीनउडले ५६औं मिनेटमा पेनाल्टी मार्फत एक एक गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप