केन्द्रीय संस्करण
प्रेरणा

साउदीमा उमेशलाई मृत्युको मुखबाट बचाएका सरोजको अब ‘मिसन बङ्गलादेश’

भूकम्पले सामाजिक अभियन्ता बने, अब एउटै उद्देश्य – अलपत्रमा परेकाहरुको उद्धार

person explore access_timeमाघ १३, २०७६ chat_bubble_outline2

काठमाडौँ । उमेश यादवलाई मृत्युको मुखबाट जोगाएर साउदीबाट नेपाल फर्काइसकेका सरोज रायको अर्को ‘मिसन’ बङ्गलादेश भएको छ ।

सन् २००६ मा वैदेशिक रोजगारीमा साउदी गएका उमेश यादव त्यहाँ पुगेको एक महिना नपुग्दै एक पाकिस्तानीको मृत्युको घटनामा मुछिएर जेल परेका थिए । साउदी सरकारले उमेशलाई मृत्युदण्डको सजाय तोकिसकेको थियो ।

१३ वर्षसम्म जेलमा रहेका उमेशलाई त्यहाँको सरकारले मृत्युदण्डको सजाय सुनाइसकेको थियो । त्यो कुरा सरोज रायले समाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएका थिए । थाह पाउने वित्तिकै उनले उमेशका बारेमा गुगलमाध्यमबाट खोजबिन गर्न थाले । उनको बारेमा सरोजले गुगलबाट केही दस्तावेजहरु फेला पारेका थिए ।

सोही डकुमेन्टस्का आधारमा उमेशलाई मृत्युदण्डबाट बचाउन सकिन्छ भनी उनले अभियानमा लागेका थिए । २०७५ वैशाखबाट अभियान सुरु गरेका सरोज रायले २२ महिनापछि उमेशलाई साउदीबाट नेपाल फर्काइसकेका छन् । हिन्दी फिल्म ‘वजरङ्गी भाइजान’ जस्तै उनले मिसन पाकिस्तान लिएर उनी २०७५ वैशाख ९ गते पाकिस्तान उडेका थिए ।

उमेशलाई बचाउनका लागि पटक पटक गरी तीन पटक पाकिस्तान र एक पटक साउदी गएर मृत्युको मुखबाट फर्काएर ल्याए । अब उनी नेपालमा रहेका एक बङ्गलादेशीलाई उनको परिवारलाई भेटाउनका लागि माघ १५ गते ‘मिसन बङ्गलादेश’ बङ्गलादेश जाँदैछन् ।

नयाँ बसपार्कस्थित एक आश्रममा भेटिएका बङ्गलादेशी मोहम्मद इकवालको परिवारलाई खोज्नका लागि अब कम्मर कसेर लागेका छन् । मो. इकवाल धेरै पहिला बङ्गलादेशबाट भारतको दिल्ली पुगेका थिए । दिल्ली हुँदै नेपाल आएर अलपत्र परेका इकबाललाई कसैले एउटा आश्रममा पुर्‍याइदिएका थिए ।


सरोजले उमेशलाई मात्र होइन, यसअघि पनि थुप्रैलाई त्यसरी नै उद्धार गरिसकेका छन् । भारतबाट हालसम्म उनले ८० जना बालबालिकालाई उद्धार गरेर नेपाल फर्काएका छन् । उनले विदेशमा हराएका वा फसेकालाई मात्र उद्धार गर्दैनन् । नेपालमा पनि कोही कुनै समस्यामा परेका छन् भने थाहा पाउने वित्तिकै उनी रात होस् वा दिन, सहयोगका लागि पुगिहाल्छन् ।


इकबालका लागि सौभाग्यको कुरा, सोही आश्रममा एउटा विशेष कामले जाँदा सरोज रायले उनलाई देखे । बुझ्दै जाँदा सरोजले इकबालको घर बङ्गलादेशको दालकोला हो भन्नेसम्म थाहा पाएका छन्,  त्यसबाहेक उनका बारेमा अरू केही जानकारी कसैलाई छैन । 

त्यसो त सरोजले सामाजिक सञ्जालमार्फत् इकवालको परिवारलाई पत्ता लगाउने प्रयास पनि गरेका थिए तर केही पत्ता लागेन । अनि उनले बङ्गलादेश नै गएर उसको परिवारलाई खोज्ने मिसन बनाइसकेका छन् ।

सरोजको अभियान

सरोजले उमेशलाई मात्र होइन, यसअघि पनि थुप्रैलाई त्यसरी नै उद्धार गरिसकेका छन् । भारतबाट हालसम्म उनले ८० जना बालबालिकालाई उद्धार गरेर नेपाल फर्काएका छन् । उनले विदेशमा हराएका वा फसेकालाई मात्र उद्धार गर्दैनन् । नेपालमा पनि कोही कुनै समस्यामा परेका छन् भने थाहा पाउने वित्तिकै उनी रात होस् वा दिन, सहयोगका लागि पुगिहाल्छन् ।

सरोजको यही मनकारी कर्मका कारण धेरैले उनलाई भगवान नै मान्ने गर्छन् । उनले उद्धार गरेका थुप्रै चेलीहरुले उनलाई दाइ बनाएका छन् र त्यो सम्बन्धको पवित्रतालाई पुष्टि गर्दै रक्षा बन्धनमा राखी बाँध्न उनको घरसम्म पुग्छन् ।


२०७२ सालमा आएको विनाशकारी ७.८ रेक्टरको भूकम्पले मुलुकमा मात्रै हैन, विशुद्ध बिजिनेसम्यानका रूपमा रमाइरहेका सरोजको जीवनमा पनि ठूलै कम्पन ल्याइदियो  । भूकम्पको महाविनाशका खबर र दृश्यहरुले विक्षिप्त जस्तै बनेका सरोजको मनमा विनाशको ताण्डव भोगेर पीडामा परेकाहरुका लागि केही गर्ने हुटहुटी जाग्यो र उनी आफूले सकेको जति खाद्यवस्तु, लताकपडा र साथमा आफ्ना रेस्टुरेन्टका कर्मचारीलाई साथ लिएर गोरखासम्म पुगे ।


कसैले गरिबीका कारणले छोरीको बिहे गर्न सक्दैन भन्ने सरोजले थाह पाउने वित्तिकै त्यसको व्यवस्थापनमा जुट्छन् र तिनको  बिहे आफ्नै हातले गराउँछन् । कुनै व्यक्तिले आर्थिक अभावका कारण उपचार गराउन नसकेको थाहा पाए भने उनी तत्कालै पुगेर सहयोग गर्छन् । दुःख पीडामा परेकाहरुको उद्धार र सहयोगका लागि उनी अभियान सञ्चालन गर्छन् । सार्वजनिक रूपमा सहयोगका लागि आह्वान गर्छन् र जुटेका सहयोगमा आफू स्वयंले पनि थपथाप गरेर सहयोग गर्छन् । त्यसरी सहयोग गर्दा आफूले खर्च गरेको व्यक्तिगत रकमको हिसाब किताब सरोजसँग छैन तैपनि उनी त्यसैमा अपार सुख महसुस गर्छन् ।

उनी भन्छन्, ‘यो जतिको आनन्द संसार अरू केहीमा छैन । वर्षौंदेखि कसैको बच्चा हराइरहेको छ, पाइरहेको छैन तर मैले अलिकति मिहिनेत गरेर ती बच्चालाई खोजेर ल्याइदियो भने ती आमाबुबाको आत्माले मलाई कति सम्मान दिन्छन् त्यो कुरा मैले अनुभव गरेको छु । कसैको छोरालाई खोजेर ल्याएर उसको हातमा थमाइदिएपछि ती आमाबुबाको आत्माले कति शान्ति पाउँछ, ऊ कति खुसी हुन्छ, त्यो कुराको अनुभव मैले गरेको छु । त्यसैले बिनास्वार्थ सामाजिक सेवा गर्नुको जतिको आनन्द संसारमा अरू केही छैन ।’

भूकम्पले बनायो अभियन्ता

२०७२ वैशाख १२ गते नेपालमा भूकम्प आउँदा उनी बानेश्वरमा ‘चौरासी व्यजन’ रेस्टुरेन्ट सञ्चालन गरिरहेका थिए । व्यवसायको दुनियामा रमाइरहेका सरोजलाई सामाजिक सेवा कुन चरीको नाम हो थाहा, चासो केही पनि थिएन ।

२०७२ सालमा आएको विनाशकारी ७.८ रेक्टरको भूकम्पले मुलुकमा मात्रै हैन, विशुद्ध बिजिनेसम्यानका रूपमा रमाइरहेका सरोजको जीवनमा पनि ठूलै कम्पन ल्याइदियो  । भूकम्पको महाविनाशका खबर र दृश्यहरुले विक्षिप्त जस्तै बनेका सरोजको मनमा विनाशको ताण्डव भोगेर पीडामा परेकाहरुका लागि केही गर्ने हुटहुटी जाग्यो र उनी आफूले सकेको जति खाद्यवस्तु, लताकपडा र साथमा आफ्ना रेस्टुरेन्टका कर्मचारीलाई साथ लिएर गोरखासम्म पुगे ।


घरका उनी जेठो छोरा हुन् । उनी दुई दाजु भाइ र एक बहिनी छिन् । उनका भाइ डा. सुनिल राय अमेरिकामा छन् । बहिनी डा. सुनिता रायको बिहे भइसकेको छ । उनी पनि बिर्तामोडमा जागिरे छिन् । उनका बुबा पनि डा. रामस्वार्थ राय प्रध्यापक थिए । अहिले अवकाश प्राप्त जीवन बिताइरहेका छन् ।


भूकम्पले तहसनहस भएको तथा मानिसहरु अथाहा पीडा कष्टमा जीवन बिताइरहेको हृदय विदारक अवस्था देख्दा उनको मन रोयो । उनले मनमनै कसम खाए, म आफ्नो गच्छेले भ्यए जति भूकम्प पीडितको सेवा गर्नेछु । त्यसपछि उनी पटक पटक गोरखाल गायत अन्य भूकम्प प्रभावित क्षेत्रमा केही न केही सामान बोकेर गई भूकम्प पीडितलाई सेवा गर्न थाले । आफूले सकेको सहयोग गर्न पाउँदा उनले अपार सन्तुष्टि प्राप्त भएको महसुस गरे ।

यता काठमाडौँमा पनि उनले आफूले सकेको सहयोग गर्न छाडेनन् । कतिसम्म भने उनले आफ्नो रेस्टुरेन्टमा पनि भूकम्प पीडितहरुलाई नै रोजगारी प्रदान गरे । उनी कहाँ काम गर्ने अधिकांश कामदार भूकम्प पीडितहरु नै थिए ।

भूकम्पको पीडामा गच्छेअनुसारका मलम लगाउने प्रयासका साथ सुरु भएको सरोजको सामाजिक अभियान कहिले रोकिएन । कहिले कहाँ त कहिले कहाँ आफ्नो गाडी लिएर जान सुरु गरेका थिए । कतै हुरी, बतास, रोगको महामारी, आगलागी, बाढी लगायतका आपत्विपद् परेको जानकारी पाउनसाथ हिमाल, पहाड, मधेस जहाँसुकै किन नहोेस्, सकेको राहत सहयोग लिएर उनी पुगिहाल्थे ।

सामाजिक काममा लागेपछि सरोजले असीम सन्तुष्टि त प्राप्त गरेर तर त्यसको असर उनको रेस्टुरेन्ट व्यवसायमा पर्‍यो ।  सामाजिक सेवामा लागेर रेस्टुराँमा पर्याप्त समय दिन नसक्दा अन्ततः उनले त्यसलाई बन्द नै गर्नुपर्‍यो ।

यसरी जुटाउँछन् सहयोग !

घरका उनी जेठो छोरा हुन् । उनी दुई दाजु भाइ र एक बहिनी छिन् । उनका भाइ डा. सुनिल राय अमेरिकामा छन् । बहिनी डा. सुनिता रायको बिहे भइसकेको छ । उनी पनि बिर्तामोडमा जागिरे छिन् । उनका बुबा पनि डा. रामस्वार्थ राय प्रध्यापक थिए । अहिले अवकाश प्राप्त जीवन बिताइरहेका छन् ।

उनका बुबाले जनकपुरमा धनुषा साइन्स कलेज खालेका थिए । अहिले त्यसलाई ट्रस्ट बनाएका छन् । अर्थात सरोज राय हुनेखाने परिवारका छोरा हुन् । उनलाई खान बस्न हिँड्डुल गर्न समस्या छैन । तर उनले जे दुःख गरिरहेका छन्, त्यसमा उनका बुबालाई चित्त बुझेको छैन ।


राधिकाकी छोरी शिवकुमारीलाई आफ्नै बहिनीसरह माया गर्ने सरोजले सिलाइकटाइको प्रशिक्षण मात्र दिलाएनन्, जनकपुरमा बोलाएर आफूसँग भएको नौ हजार तथा साथीसँग पाँच हजार सापट गरेर शिवकुमारीकै इच्छाअनुसारको  १४ हजारको मेसिन किनिदिएका थिए । अहिले त्यही मेसिन चलाएर शिवकुमारीको गुजारा चलिरहेको छ ।


बुबाको चाहना जेठो छोरोले दुःख नगरोस् भन्ने छ । उनका बुबाले सरोजलाई पटक पटक भनिसकेका पनि छन् ‘यो दुःख केका लागि कसका लागि, राम्रोसँग बस, घरपरिवार सम्हाल ।’ तर सरोज रायले ‘आफू योबाहेक अरू केही गर्दिनँ, जागिर गर्न वा व्यवसाय गर्न वा पैसा कमाउन अथवा अरू केही गर्न दबाब दिनुहुन्छ भने घर छाडेर हिँडिदिन्छु’ भनी आफ्नो बुबालाई स्पष्टसँग भनिसकेका छन् । जेठो छोरामा चढेको ‘समाज सेवाको भूत’लाई एक किसिमले उनको परिवारले आत्मसात गरेका छन् । त्यसैले उनका बुबा वा परिवारका अन्य सदस्यले उनलाई कुनै दबाब दिँदैन । उनको यो काममा अमेरिकामा बसेका उनका भाइ सुनिलको पनि ठूलो सहयोग छ । जेठो छोराको काममा सुरुसुरुमा चित्त नबुझाएका उनका बुबाले पनि सामाजिक सेवाका लागि बेलाबेलामा चाहिने पैसा पनि सहयोग गर्छन् ।

सरोजको समाज सेवाको अभियानमा सबैभन्दा ठूलो आडभरोसा र सहयोग चाहिँ उनका श्रीमती सङ्गीता रायले दिएकी छिन् । सरोजका हरेक कदममा साथ दिँदै सङ्गीताले  काठमाडौँमा छोराछोरी हेरचाहको पूरै जिम्मा लिएकी छिन् । उनले सरोजका हरेक गतिविधिलाई साथ दिएका हुन्छन् ।

तर कहिलेकाहीँ सरोजको बारेमा नकारात्मक टीकाटिप्पणी हुन थालेपछि उनकी श्रीमतीका साथै घरपरिवारका सबैलाई चित्त दुख्छ । उनी भन्छन्, ‘उमेश यादवलाई बचाउने मिसनमा लाग्दा एकजना पत्रकारले फेसबुक लाइभ गरेर मलाई जथाभावी गालीगलौज गर्दा मेरो श्रीमती साह्रै रुनु भएको थियो । त्यो बेला म उमेश बचाउन मिसनमा पाकिस्तानमा थिए । श्रीमतीले केका लागि यो सब कार्य गरिरहनुभएको छ, यति गर्दा पनि तपाईंलाई मान्छेले गाली गर्छन्, फर्किनुस् भन्नुभएको थियो तर मैले उनलाई कन्भिन्स गरेको थिएँ ।’

आर्थिक स्रोत

सरोज रायसँग न कुनै कोष छ न कुनै संस्था । तैपनि उनी अभियानलाई निरन्तरता दिइरहेका छन् । कसैलाई कुनै सहयोग चाहियो भने उनले आह्वान गर्छन्, कसैले सहयोग गर्न तयार भएन भने आफ्नै घरबाट लगानी गर्छन् । पछि कतैबाट सहयोग आयो भने पछि सहयोगका लागि रकम सुरक्षित गर्न आफूले गरेको लगानी भरपाइ गर्ने गरेका छन् ।

मधेस आन्दोलनमा मारिएकी सर्लाहीकी राधीकादेवी खतमिनिया परिवारका लागि उनी उद्धारक जस्तै नै हुन् । राधिका मधेस आन्दोलनको क्रममा मारिए पनि हालसम्म उनले केन्द्र तथा प्रदेश सरकारबाट कुनै सहयोग प्राप्त गरेका छैनन् । तर उनलाई सरोजले सक्दो सहयोग गरेका छन् ।

राधिकाकी छोरी शिवकुमारीलाई आफ्नै बहिनीसरह माया गर्ने सरोजले सिलाइकटाइको प्रशिक्षण मात्र दिलाएनन्, जनकपुरमा बोलाएर आफूसँग भएको नौ हजार तथा साथीसँग पाँच हजार सापट गरेर शिवकुमारीकै इच्छाअनुसारको  १४ हजारको मेसिन किनिदिएका थिए । अहिले त्यही मेसिन चलाएर शिवकुमारीको गुजारा चलिरहेको छ ।

सरोजलाई आफ्नै दाइसरह मान्ने शिवकुमारी कुनै समस्या पर्‍यो भने सरोजलाई नै सबैभन्दा पहिले सम्झन्छिन् । गत रक्षाबन्धनमा उनी सरोजलाई राखी बाँध्नका लागि जनकपुर पुगेकी थिइन् । त्यहीबेला सरोजले शिवकुमारीबाट मुख्यमन्त्री लालबाबु राउतलाई पनि राखी बाँध्न लगाएका थिए । मुख्यमन्त्रीले त्यतिबेला तीन हजार सहयोग गरेका थिए । शिवकुमारीले सरोजलाई भनिसकेकी छिन्, ‘तपार्इंले हेरेको केटासँग मात्र म बिहे गर्छु नत्र गर्दिनँ ।’ सरोजले शिवकुमारीका लागि केटा पनि खोजिरहेका छन् ।

सरोजले गरेका सहयोगको बयान गरिसाध्य छैन । यस्तै सर्लाही टाँढीमा छजना छोरी मात्र भएकी एक महिलाले घरपरिवार चलाउन जमिन बन्धकी राखेर साहुबाट ऋण लिएकी थिइन् तर समयमै ऋण चुक्ता गर्न सकिनन् । उनको जमिन लिलाम हुन लागेको थाहा पाएपछि सरोजले त्यहाँ गएर डेढ लाख रुपियाँ सहयोग गरेपछि उनको जमिन बच्यो ।

एउटा परिवारले घरखर्चका लागि एउटा साहुबाट ४० हजार रुपियाँ ऋण लिएको थियो तर तिर्न सकिरहेको थिएन । गरिबीका कारण चारजना छोराछारीका आमाको निधन भएको थियो । श्रीमतीको निधन भएको शोकमा श्रीमानले पनि आत्महत्या गरे । चारजना टुहुरा बालबालिका मात्र बाँकी रहे । ४० हजार रुपियाँको ब्याजसहित दुई लाख २० हजार रुपियाँ भइसकेको ऋण असुलीका लागि अदालतमा मुद्दा पनि दायर गरिसकेको थियो । तर मुद्दाबाट ती गरिबको आठ कट्ठा घरजग्गा ती साहुले लिए भने ती टुहुरा बच्चाको विजोग हुने थाहा पाएर सरोज राय गाउँमा गएर ती साहुलाई मुद्दा अगाडि नबढाउन भनेका छन् । सरोजले उक्त ऋण तिरिदिनका लागि अभियान नै थालेका छन् । केही सहयोग पनि जम्मा गरिसकेका छन् । 


सरोजसँग यस्ता सहयोग र उद्धारका अनगिन्ती कथाहरु जोडिएका छन् । तीमध्ये कतिपय घटनालाई उनले सामाजिक दायित्वका कारण सार्वजनिक गर्न चाहँदैनन् । नेपाल र नेपालीलाई परेको पीडा आफ्नै पीडा ठान्ने सरोज स्याङ्जा, गुल्मी र सिन्धुलीमा आगलागी हुँदा राहत लिएर पुगेका थिए । उनको सहयोगको सूचीसहित परिवारदेखि सडकमा बेसहारा अवस्थामा रहेकोहरु समेत पर्छन् ।


एउटा एजेन्टले तराई मधेसका विभिन्न जिल्लाका २६ जनालाई भारतको मद्रासमा काम गराउन लगेका तर समातिने डरले अलपत्र पारेर बस स्टेन्डमा छोडका बच्चाहलाई पनि उद्धार गरेका छन् । प्रहरीको सहयोगमा भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने सीडब्लूसीको आश्रममा राखिएका नेपाली भनी चिनिएका तर अभिभावकको पत्ता नलागेका ती बच्चाहरुको उद्धार पनि सरोजकै पहलमा सम्भव भएको थियो । तिनीहरुको उद्धारका लागि सीडब्लूसीले सरोजलाई पठाएको केही बच्चाहरुको फोटा र ठेगानाका आधारमा उनले एक डेढ महिना लगाएर सबै बच्चाका अभिभावकलाई खोज्न सफल भएका थिए । 

सर्लाही, सिरहा, धनुषा र महोत्तरीका ती बच्चाहरुलाई उद्धार गर्न उनी अभिभावकसहित भारत पुगेका थिए र त्यहाँका कागजी प्रक्रिया पूरा  गराएर ती बच्चा अभिभावकका जिम्मा लगाएका थिए ।

आफ्नो घर नजिक एउटा मन्दिर छ, मन्दिरमा सर्पको मूर्ति बनाइएको छ । मन्दिर छेउमा स्कुल र एउटा पोखरी छ भन्ने मात्र जानकारी दिन सक्ने अवस्थाकी भारतमा अलपत्र परेकी एक केटीलाई पनि उनले उद्धार गरेका थिए । तिनले दिएको जानकारीका आधारमा अथक मिहिनेतपछिे त्यो ठाउँ पत्ता लगाए । जुन ठाउँ सर्लाहीमा रहेछ  र उनले तिनलाई अभिभावकसँग भेट गराई जिम्मा लगाएका थिए ।

सरोजले गरेका सहयोग र उद्धारका कथाहरु यतिमा सिद्धिदैन । गरिबीको कारण छोरीको विवाह गराउन नसकिरहेका सिरहाको गोल बजारका विनोद रामलाई तत्कालै २५ हजार रुपियाँ सहयोग गरेर तथा पछि कतारको प्रवासी मिथिला समाज कल्याणमार्फत् सहयोग जुटाएर आफै उपस्थित भई विवाह गराइदिएको अर्को उदाहरण हो । सरोजप्रति कृतज्ञ ती छोरी अहिले पनि समस्या पर्दा सरोजलाई सम्पर्क गरिरहेकी हुन्छिन् ।

सर्लाहीबाटै माइजूसँगै काम गर्न दिल्ली पुगेकी र पछि पन्जाब पठाइएपछि अलपत्र परेर रेल्वे स्टेसनमा फेला परेका एक नेपाली केटीलाई दिल्लीको उडन भन्ने संस्थाले संरक्षण गरी राखेको थियो । आफ्नो बारेमा राम्रो जानकारी दिन नसक्ने ती केटीलाई पनि सरोजले नै सीडब्लूसीको अनुरोधमा उद्धार गरेका थिए । सर्लाहीका हरिऔनका ती युवतीलाई नेपाल फर्काएर ‘छोरी दिल्लीमा काम गरिरहेको’ भ्रममा रहेका परिवारजनसँग मिलाप गराइदिएका थिए ।

सरोजसँग यस्ता सहयोग र उद्धारका अनगिन्ती कथाहरु जोडिएका छन् । तीमध्ये कतिपय घटनालाई उनले सामाजिक दायित्वका कारण सार्वजनिक गर्न चाहँदैनन् । नेपाल र नेपालीलाई परेको पीडा आफ्नै पीडा ठान्ने सरोज स्याङ्जा, गुल्मी र सिन्धुलीमा आगलागी हुँदा राहत लिएर पुगेका थिए । उनको सहयोगको सूचीसहित परिवारदेखि सडकमा बेसहारा अवस्थामा रहेकोहरु समेत पर्छन् ।

४७ वर्षीय सरोज राय जनकपुरका हुन् । कम्प्युटरमा ब्याचलर अध्ययन गरेका उनी इन्जिनियर पढ्नका लागि रसिया पुगेका थिए । तर त्यहाँको भाषा समस्या भएपछि नेपाल फर्केका थिए । कम्प्युटरको प्रोफेसनल कोर्सका लागि भारतको बेङ्गलोर पुगेका उनले फर्केर जनकपुरमा एचएको इन्स्टिच्युट चलाउनुको साथै धनुषामा कम्प्युटर इन्स्टिच्युट चलाएका थिए ।

काठमाडौँ आएपछि दुई वर्षसम्म एभरेस्ट नेटमा जागिर गरेका सरोजले त्यसपछि बानेश्वरमा रेस्टुरेन्ट पनि चलाएका थिए । पछि समाजिक सेवामा लागेपछि बन्द भएको थियो ।

अहिले पनि आफू प्रत्यक्ष सलग्न भएर काम गर्नु नपर्ने सर्तमा एउटा टाइल कारखानामा केही लगानी गरेका छन् उनले । उनले डेरी खोल्ने सोच पनि बनाएका छन् ।

सरोज राय तराई मधेस राष्ट्रिय परिषद्मा आबद्ध छन् । परिषद्ले तराई मधेसलगायत मुलुकभरिकै उत्पीडित समुदायका लागि सङ्घर्ष गरिरहेका छन् । सरोजको अभियानमा उनी आबद्ध परिषद्ले पनि बेलाबेलामा सहयोग पुर्‍याइरहेको हुन्छ ।  

रातोपाटीकोअंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Jan. 27, 2020, 5:53 p.m. shankar sapkota
    VARY GOOD
  2.  0 Reply
  3. Jan. 27, 2020, 10:43 a.m. Dipak
    तपाइको यस्तो उदारपन , सहयोगी मन , सरकारले गर्न नसकेको काम गर्नु भएको छ . तपाइको हरेक पाइलामा सफलता होस् , अनि हजुर को श्रीमतीलाइ पनि सलाम छ सधै यसरि नै साथ् दिनु होला श्रीमान लाइ . भगवान् ले सधै तपाई हरुको रक्षा गरुन .
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...