शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘म एउटा बालक’ लिएर आए आयुष (भिडियो सहित)

सोमबार, १३ माघ २०७६, १२ : १५
सोमबार, १३ माघ २०७६

काठमाडौं– बाल गायक आयुष केसीको नयाँ गीत ‘म एउटा बालक’ सार्वजनिक भएको छ ।  

अमृत क्षेत्रीको शब्द तथा संगीत रहेको ‘म एउटा बालक’ गीत सुरशाला म्यूजिक एकेडेमीेले सार्वजनिक गरेको हो । 

चर्चित भारतीय टेलिभिजन शो ‘सारेगमप लिटिल च्याम्प्स’मा चौंथो स्थानमा पर्न सफल केसीले आफ्नो दमदार प्रस्तुतीका कारण निकै चर्चा बटुलेका थिए ।

त्यसैगरी, ‘सुरशाला जुनियर आइडल’ सिजन १ को विजेता समेत भइसकेका केसीको ‘म एउटा बालक’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । 

सवैकुरा बुझेर पनि केही गर्न नसक्ने एउटा बालकको कथा समेटिएको गीतको भिडियोमा आयुष आफैले अभिनय गरेका छन् । भिडियोलाई कुमार केसीले निर्देशन गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप