शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इशानीले पाइन् चायल्ड आइकन पोखराको शीर्ष उपाधि

सोमबार, १३ माघ २०७६, १३ : ३०
सोमबार, १३ माघ २०७६

पोखरा । मिडिया ल्याण्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको ‘चायल्ड आइकन पोखरा २०२०’ को शिर्ष उपाधि इशानी बराइली जितेकी छन् । पोखराको सभागृहमा आयोजित अन्तिम स्पर्धामा उनले अन्य प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् । 

प्रतियोगीतामा जुनियरतर्फ फस्ट रनर्सअप प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु लावन्य लम्साल घोषित हुँदा सिनियरतर्फ फस्ट रनर्सअप मानुषी भण्डारी र सेकेन्ड रर्नसअप आकांक्षा आचार्य बने ।  पोखराका १५ विद्यालयबाट ३४ छात्रा र १६ छात्र गरेर प्रतियोगितामा जम्मा ५० जना बालबालिकाको सहभागिता रहेको थियो । 

प्रतियोगितामा जुनियर तथा सिनियर गरी दुई समूहमा विभाजन गरि प्रतिष्पर्धा गराइएको हो । आइकन भने दुवै समूहबाट एकमुष्ट छानिएको हो । प्रतियोगीताको निर्णायकमा गायक रामभक्त जोजीजु, गायिका इतु जोजीजु, रजनी ऋदम राई, मोडल विशाल गुरुङ, मिस तामाङ २०१७ बिजेता कविता तामाङ, खेलाडी जमुना थापा, रमेश पाण्डे, तारा गुरुङलगायत रहेका थिए । 

विजेता तथा उपविजताले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप