शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्लोभानियाका प्रधानमन्त्रीद्वारा राजीनामा, आकस्मिक निर्वाचन घोषणा

सोमबार, १३ माघ २०७६, २३ : ०४
सोमबार, १३ माघ २०७६

एजेन्सी । युरोपेली मुलुक स्लोभानियाका प्रधानमन्त्री मार्जन सारेसले सोमबार पदबाट राजीनामा दिएका छन्  ।  राजीनामासँगै उनले आकस्मिक निर्वाचनको घोषणा पनि गर्नुभएको देशको आधिकारीक समाचार संस्था एसटीएले जनाएको छ । 

राजीनामा र निर्वाचनको घोषणाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सारेसले आफ्नो उद्देश्य अनुसारको काम गर्न नसकेकाले राजीनामा दिनु परेको बताएका थिए । राजधानी जुब्जानामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले अल्पमतको सरकारबाट काम गर्न गाह्रो भएको र उपलब्धि हाँसिल गर्न नसकिएको पनि जानकारी दिए । 

‘जम्मा १३ जना सांसद र त्यसको गठबन्धनले जनताका सामु मैले घोषणा गरेका प्रतिबद्धता अनुसारको काम गर्न सकिन, बरु निर्वाचनपछि सकिन्छ भन्ने ठानेर मैले राजीनामा दिएको र आकस्मिक निर्वाचनको घोषणा गरेको छु,’ उनले भने ।

स्वास्थ्य विमाका बारेमा विवाद भएर अर्थमन्त्री अन्ड्रेज बेर्टोनसेल्जले राजीनामा दिएको ठिक एक हप्तापछि प्रधानमन्त्री सारेसले यो घोषणा गरेका हुन् । अर्थमन्त्री बेर्टोन्सेल्जले गत सोमबार राजीनामा दिएका थिए । Photo: Reuters  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप