बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मंगलबार तपाईंको भाग्यफलले के भन्छ ?

मङ्गलबार, १४ माघ २०७६, ०६ : ४६
मङ्गलबार, १४ माघ २०७६

वि.सं. २०७६ साल माघ १४ गते । मङ्गलबार । ईश्वी सन् २०२० जनवरी २८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– चतुर्थी,  अहोरात्र । नक्षत्र– शतभिषा,  ०३ घडी ०८ पला, बिहान ०८ बजेर १० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– परिध, ४९ घडी १० पला, रातको ०२ बजेर ३५ मिनेट उप्रान्त शिव । करण– वणिज, बेलुकी ०७ बजेर ३५ मिनेट उप्रान्त भद्रा  । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–कुम्भ । 

काठमाडौँमा सूर्याेदय ०६ बजेर ५४ मिनेटमा, सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २६ घडी ५१ पला । पञ्चक । मङ्गल (चतुर्थी व्रत  । तिलकुन्द चतुर्थी । नेपाल नर्सिङ दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतित्नीबीच विस्वासको वातावरण बढेर जानेछ । नयाँ काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हातलागी हुने प्रशस्त सम्भावना रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) : पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी  गरी मनग्गे धन तथा सम्पत्ति कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलापमा पनि ध्यान जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) : सरकारी तथा दैनिक काम गर्दा ध्यान दिनु होला । अप्रिय निर्णयको शिकार होइएला । लामो दूरीको धार्मिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा दिइएको समय बालुवामा पानी सरह हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आई दैनिक कामहरु गर्न सकिनेछैन । घरपरिवार तथा आफन्तबीच मनमुुटाव बढ्ने योग रहेको छ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) : व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्नेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनुपर्नेछ । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महसुस हुनेछ । दिदीबहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, दिन मध्ययम रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) : साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटनसम्बन्धी व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पतिपत्नीबीचको सम्बन्धको गाँठो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथीभाइ तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मिहिनेतले प्रशस्त लाभ लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । प्रेममा सामीप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछ । विद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने  योग रहेको छ ।  
   
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको छ । माया प्रेममा एकअर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाडा हुनुपर्नेछ । आफन्त तथा सन्तानले तपाईंको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्त्वपूर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, य) : समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपाईंदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । राजनीति तथा समाज सेवामा अलि बढी गम्भीरता अपनाउनु होला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेसा अपनाउनेहरुले मनग्गे रुपैयाँ पैसा सङ्ग्रह गर्न सक्नेछन् । प्रेममा अविस्वास बढ्ने योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : छोटो तथा रमाइलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नी बीचको सम्बन्धमा प्रगाढता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिनेहरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) : 
विभिन्न सभा समारोहमा सहभागी भई मीठो मसिनो भोजन ग्रहण गर्ने अवसर आए पनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन्, ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैयाँ पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेको छ । तापनि होटल तथा रेस्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) : शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने विलासी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) : लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप