शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कंगनाले पद्मश्री पाएपछि आलियाले पठाइन् फूल, बहिनी रंगोलीले फोटो पोस्ट गर्दै उडाइन् मजाक

मङ्गलबार, १४ माघ २०७६, ०८ : २१
मङ्गलबार, १४ माघ २०७६

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा पद्मश्री पुरस्कारको घोषणा गरेको छ जसमा फिल्मी क्षेत्रका चार दिग्गजको नाम समावेश छ । पद्मश्री अवार्ड पाउनेमा कंगना रनोट, करण जोहर, अदनान सामी र एकता कपुर छन् । अवार्डको घोषणापछि कंगनाले भिडियोमार्फत् आभार दिएकी छिन् । उक्त खबरपछि उनका आफन्त र प्रशंसकलाई उनलाई बधाई दिएका छन् । फिल्म इन्डष्ट्रिबाट पनि उनले बधाई पाइरहेकी छिन् । आलिया भट्टले पनि कंगनालाई बधाई सन्देशका साथै फूलको गुच्छा पठाएकी छिन् । कंगनाकी बहिनी रंगोलीले यसमा मजाक उडाएकी छिन् ।

रंगोलीको ट्वीट यस्तोः

रंगोलीले आलिया भट्टले पठाएको बधाई कार्ड र फूलको गुच्छाको फोटो पोस्ट गर्दै लेखिन्, ‘यो हेर्नुहोस्, आलिया जीले पनि कंगनालाई फूल पठाउनुभएको छ । कंगनाबारे त थाहा छैन तर मलाई निकै रमाइलो लागिरहेको छ ।’

कंगनाले आलियालाई भनेकी थिइन् औसत नायिकाः

एक अन्तर्वार्तामा कंगनाले आलियालाई औसत दर्जाकी नायिका भनेर गली ब्वोइमा उनले कामको लागि पाइरहेको तारिफमाथि आपत्ति जताएकी थिइन् । उनले भनेकी थिइन्, ‘आलिया र मबीच केही समानता छैन । आलियाले गली ब्वईमा औसत दर्जाको काम गरेकी छिन् । उनले त्यही बोलिरहने युवतीको भूमिका निभाएकी छिन् जुन उनले पहिले पनि निभाउँदै आएकी छिन् । मिडियाले औसत दर्जाका नायिकालाई प्राथमिकता दिन बन्द गर्नुपर्छ ।’

रंगोलीले पनि भनेकी थिइन् तथानामः

त्यसपछि रंगोलीले पनि आलियोको आलोचनाका लागि कुनै मौका छोडेकी थिइनन् । रंगोलीले आलियामाथि अरुको जागिर खोसेको आरोप लगाएकी थिइन् । उनले ट्वीटरमा भनेकी थिइन्, ‘हरेक दिन अरुको काम र अवसर खोस्नु, भीख माग्नु  निर्मातासँग कास्टका लागि प्रार्थना गर्नु, गेम खेल्नु, फिल्म आफ्नो पोल्टोमा पार्न सम्पर्कको उपयोग गर्नु, सबै बुझिन्छ, मानिसहरु मूर्ख छैनन् ।’

यद्यपि, कंगना र रंगोलीको कुरामा आलियाले कुनै पनि प्रतिक्रिया दिएकी थिइनन् । उनले भनेकी थिइन्, ‘म कंगनाको निकै इज्जत गर्छु त्यसकारण चुप बस्नेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप