शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टेस्ट शृङ्खला इङ्ल्यान्डको पोल्टामा

मङ्गलबार, १४ माघ २०७६, ०९ : ३३
मङ्गलबार, १४ माघ २०७६

घरेलु टोली दक्षिण अफ्रिकाविरुद्ध चार खेलको टेस्ट सिरिज इङ्ल्यान्डले जितेको छ । जोहनेसबर्गमा सोमबार राति भएको चौथो तथा अन्तिम टेस्टमा इङ्ल्यान्ड एक सय ९१ रनले विजयी भयो । जितसँगै इङ्ल्यान्डले सिरिज ३–१ ले जित्यो ।

इङ्ल्यान्डले दिएको चार सय ६६ रनको विजय लक्ष्यसहित दोस्रो इनिङ थालेको दक्षिण अफ्रिका दुई सय ७४ रन जोड्दै अलआउट भएको थियो । दक्षिण अफ्रिकाका लागि भान डेर डुसेनले सर्वाधिक ९८ रन बनाए । क्वीन्टन डी ककले ३९ र कप्तान फाप डु प्लेसिसले ३५ रन बनाए । इङ्ल्यान्डका बेन स्टोक्सले चार विकेट लिए । मार्क वुड र क्रिस वोक्सले तीन तीन विकेट झारेका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो इनिङमा चार सय रन जोड्दै अलआउट भएको थियो । दक्षिण अफ्रिका पहिलो इनिङमा एक सय ८३ रन जोड्दै अलआउट भएको थियो ।

इङ्ल्यान्डले दोस्रो इनिङमा दुई सय ४८ रन जोड्दै अलआउट भएपछि घरेलु टोली दक्षिण अफ्रिकाले चार सय ६६ रनको उच्च लक्ष्य पाएको थियो । वेन स्टोक्स म्यान अफ दी सिरिज भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप