मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा

काठमाडौँमा नेपाली सेनाले पसल चलाउने
मङ्गलबार, १४ माघ २०७६, १२ : ३९
मङ्गलबार, १४ माघ २०७६

काठमाडौँ । नेपाली सेनाले हितधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने भएको छ ।

दाङको घोराही तथा सुर्खेतमा आयोजित सम्मेलनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक महाविद्यालयहरुमा हिताधिकारी सैनिकका टुहुरा बालबालिकाहरुलाई कक्षा १ देखि १२ सम्म निःशुल्क अध्ययन गराउने कार्यक्रम अघि बढेको बताएका हुन् ।

शिक्षाको पहुँचबाट बञ्चित नहुन भनेर आगामी शैक्षिक शत्रबाट नै लागु हुनेगरी हिताधिकारी मध्ये श्रीमान् तथा श्रीमति दुवैको मृत्यु भइ टुहुरा भएका बालबालिकाहरुका लागि उक्त अवसर प्रदान गरिने उनले बताए ।

प्रधानसेनापति थापाले स्वरोजगार कार्यक्रम अन्तर्गत सैनिक श्रीमती संघको पहलमा व्यवसायिक तालिम केन्द्र छाउनीबाट सुरु भएको सीपमुलक कार्यक्रम प्रितना तहसम्म यही वर्षबाट विस्तार गरिएको बताए ।

नेपाली सेनाले सैनिक दिवसका अवसरमा काठमाडौँ उपत्यकाबाट सुपथ मूल्य पसल पनि सञ्चालन गर्ने भएको छ । बजार मूल्यभन्दा १० देखि १९ प्रतिशतसम्म सस्तोमा सामान उपलब्ध गराउने योजना सेनाले लिएको छ ।

नेपाली सेनाले लमजुङको बेसिसहरमा स्थापना गरेको नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिमकेन्द्रमा पिजेटिए र भिजेटिएका अतिरिक्त अन्य छोटो अवधिका तालिम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट सम्बन्धन प्राप्त गरेको थापाले बताए ।

नेपाली सेनाले उद्यमशिलता कर्जा कार्यक्रम पनि सुरु गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैङ्कसँगको सहकार्य गरी सेनाले बढीमा १५ लाखसम्म कर्जा लिन मिल्ने व्यवस्था गरेको हो । भूतपूर्व सैनिक श्रीमति, एकल महिला तथा अविवाहित छोरीलाई बढीमा ५ वर्षका लागि ३ दशमलव ९८ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ ।

भूपू सैनिक नन्दबहादुर चन्दले सम्मेलनलाई पुराना सहपाटीहरुसँगको भेटघाट गर्ने थलोका रुपमा लिएको बताए । सैनिक कार्यकारी बोर्डले भूपूहरुलाई सहयोग गरेको र सम्मेलनबाट लघुवित्त देखि औषधि उपचारसम्मको सहयोग प्राप्त भएको उनले बताए । चन्दले नेपाली सेनामा २९ वर्ष सेवा गरेका थिए ।

भूपू सैनिकका श्रीमती धनिसरा बारबराईले नयाँ घर बनाउन र व्यवसाय सञ्चालनका लागि ऋण माग्न सम्मेलनमा सहभागी भएको बताइन् । ऋण लिने प्रकृया, कति व्याजदरमा ऋण पाइन्छ भन्ने आफुलाई कुनै जानकारी नभएको तर छोराहरुले ऋण माग्न भनेपछि सम्मेलनमा आएको उनले बताइन् ।

प्रधान सेनापति थापाको कार्यकालमा पहिलो भूपू सम्मेलन घोराहीबाट सुरु भएको हो । सम्मेलनका क्रममा स्वास्थ्य उपचार सेवा, सहभागिलाई दैनिक भ्रमणभत्ता, लघुवित्त कार्यक्रमका ऋणिहरुर्लाइ चेक हस्तान्तरण, उत्कृष्ठ व्यवसायिलाई पुरस्कार तथा जेष्ठ सैनिक र एकलको सम्मान एवं अशक्तलाई ह्विल चियर प्रदान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप