मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘चारानाको मसला’का लागि हट बने स्वस्तिमा र सुपुष्पा

मङ्गलबार, १४ माघ २०७६, १२ : ५६
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । फिल्म ‘चपली हाइट ३’को छायाँकन सकिएको छ । फिल्ममा रहने ‘चारानाको मसला’ बोलको आइटम गीतको हालै गरिएको छायाँकनसँगै फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्माता अर्जुनकुमारले जानकारी दिए ।
‘चारानाको मसला’ बोलको आइटम गीत हालै राजधानीमा छायाँकन गरिएको हो । जसको जानकारी निर्माता अर्जुनकुमारले छायाँकन समयका केही तस्बिर सार्वजनिक गर्दै गराएका छन् । 
तस्बिरमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम र महेश त्रिपाठी देखिएका छन् । डान्स क्लबमा खिचिएको उक्त तस्बिरमा अभिनेत्रीद्धोय स्वस्तिमा र सुपुष्पालाई हट एण्ड बोल्ड अन्दाजमा देख्न सकिन्छ ।
सुवाष भुषालको संगीत, अस्मिता अधिकारी र राज खुम्बुको स्वर रहेको गीतमा कलाकारलाई नचाउने काम प्रदीप लामाले गरेका थिए ।
आउँदो चैत २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चपली हाइट ३’का निर्देशक निकेश खड्का हुन् । फिल्मको यो आइट गीत एक कार्यक्रम सहित छिट्टै सार्वजनिक गरिने निर्माण युनिटले जनाएको छ ।
फिल्म अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप