शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साथीले पैसा झिकेर झोला गाडीमा राखिदिएपछि...

मङ्गलबार, १४ माघ २०७६, १४ : ०७
मङ्गलबार, १४ माघ २०७६

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले एक जना इमान्दार चालकलाई सम्मान गरेको छ । भक्तपुरको च्यामासिंह–रत्नपार्क रुटमा चल्ने बा.३ ख ४९०२ बस चलाउने सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भएका सूर्य श्रेष्ठलाई मंगलबार कार्यालयमा सम्मान गरेको हो । 

माघ १२ गते राती श्रेष्ठले चलाएको बस पाकिङ्ग गर्ने समयमा सहचालकले पछिल्लो सिटमा एउटा झोला भेटे । त्यसपछि श्रेष्ठले झोला खोलेर हेर्दा महत्वपूर्ण कागजपत्र देखे । उनले झोलाका सम्बन्धित व्यक्तिको नाम र मोवाईल नम्बर भएको देखेपछि फोन गरे । 

झोला धनी थिए टंक खनाल । जो केही समययता अमेरिकामा बसोबास गर्दै आइरेहका छन् । १३ गते हिजो छोराहरुको ब्रतबन्ध गर्न उनी नेपाल आएका उनका ज्वाई सीताराम खतिवडाले रातोपाटीलाई बताए । 

चालक श्रेष्ठलाई त्यतिबेलासम्म झोलामा नगद रुपैयाँ थियो भन्ने पनि थाहा थिएन । जब खनालले झोलामा नगद १ लाख ४७ हजार ७५ रुपैया भएको बताए । 

त्यसपछि उनीहरु महानगरीय प्रहरी वृत्तको कार्यालय जगाती पुगे । प्रहरीले केही समयपछि झोला छुटेको गाडी अर्कै भएको पत्ता लगायो । अर्को बस थियो बा ३ ख २१४७, जसमा खनाल भक्तपुरको गट्ठाघरबाट चढेर नेपाल एयरलाइन्सको कार्यालय आगाडि झरे । 

प्रहरीले सोमबार खनालको झोला छुटेको बा ३ ख २१४७ बसको चालक र सहचालकलाई नियन्त्रणमा लियो । त्यसपछि झोला छुटेको बसका चालकले प्रहरीसमक्ष आफुले पैसा झिकेर झोलासूर्य श्रेष्ठको गाडीमा छोडेको बयान दिए । 

वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीका अनुसार झोला छुटेको बसका चालकले उक्त रकमबाट १५ हजारको मोवाइल किनेको र ५ हजार अन्य खर्च गरेको पाइएको छ ।  झोला देखेर खबर गर्ने चालक श्रेष्ठलाई प्रहरीले सम्मान गरेको छ । झोला हराउने खनालका तर्फबाट उनका ज्वाई खतिवडाले नगद ५ हजारसहित सम्मान गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप